
टि.बि.भण्डारी कमलबजार भ्राद २१
नेपाली काग्रेसको आगामी मंसिरमा हुने महाधिबेशन का लागी वडा अधिबेशन समाप्त भए पश्चात सबैको ध्यान गाँउ तथा नगर अधिबेशन तथा क्षेत्रिय अधिबेशन तर्फ केन्द्रित भएको छ ।
सबैको ध्यान नगर तथा क्षेत्रिय अधिबेशन तर्फ केन्द्रित भईरहेको बेला क्षेत्रिय कमिटी का आंकाक्षीहरु को उम्मेदवारी धोषणा धमाधम भईरहेको छ यसै क्रममा आज नेपाली कांग्रेस क्षेत्र नं.२ को क्षेत्रिय सभापतिका लागी युवा नेता रविन्द्र शाहीले आफनो दावी गर्नु भएको छ । उनी निर्वतमान कार्यसमितीका सचिव शाहीले यसपटक क्षेत्रिय सभापति पदका लागि उम्मेद्धवारी घोषणा गरेका हुन ।उनको उम्मेद्धवारी घोषणा युवा जगत उत्साह छाएको छ भने नेपाली काग्रेस क्षेत्र न.२ अछामको राजनितीमा तंरङ्ग पैदा गरेको छ ।
कमलबजार नगरपालिका वडा न. ६ बिरपथ निवासी शाही नेपाल बिद्यार्थी संघको राजनिति गर्दै कांग्रेसको सक्रिय राजनितिमा प्रवेश गरेका युवा नेता शाहीले कांग्रेसको संगठन बलियो बनाउ, संगठन सुदृढ पार्नका लागि अहिले देशभर सक्रिय युवा शक्तिको खाँचो रहेको भन्दै आफुले पनि क्षेत्रिय सभापती पदमा उम्मेद्धवारी घोषणा गरेको बताए ।
यसअघि कांग्रेसको संगठन निर्माणमा सक्रिय भएर खटेका युवा नेता शाही सबैका माझ लोकप्रिय छन् । उनले कांग्रेस अछामलाई बलियो बनाउन र स्थानिय, प्रदेश तथा संघिय निर्वाचनमा समेत महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
कार्यकर्तालाई क्रियाशिल बनाउन र संगठन निर्माण गरी पार्टीलाई चुस्त दुरुस्त राख्न यसपटक सभापतीमा उम्मेद्धवारी दिने उनले बताए । सबैले यसपटक आफुलाई साथ दिने अपेक्षा गरेको पनि उनको भनाई छ । अधिबेशनमा सवै प्रतिनिधीहरु लाई सहयोग र समर्थन गरि बिजयी बनाउन अनुरोध गरेको बताएका छन ।