
कमलबजार भाद्र २२ ।
संघिय मामिला तथा प्रदेश समन्वय भिभागका केन्द्रीय सदस्य यज्ञ प्रसाद ढकालले नेपालि कांग्रेसको आगामि अधिबेसन हरु सर्बसम्मत रुपमा नेतृत्व चयन हुनु पर्ने कुरामा जोड दिनु भएको छ । रेडियो कमलबजारको बहसमुलक कार्यक्रम कमलबजार बहसमा अछाममा नेपालि कांगे्रस थप बलियो एबम सुदृढ बनाउन सर्बसहमतिको प्रयास गरीएको बताउनु भयो । क्षेत्र न. २ मा कंगे्रस तिन समुहमा बिभाजित भए संगै तिनै समुहका शिर्ष नेताहरु संग आफु निरन्तर छलफल रहेको बताउदै नेता ढकालले पार्टिले सर्बसहमतिमा नेतृत्व चयन गर्नेमा बिश्वस्त रहेको धारणा व्यक्त गर्नु भयो । यहि भाद्र १५ गते कमलबजारमा सम्पन्न क्षेत्रिय कार्यसमितिको बैठकले तिनै समुहका शिर्ष नेताहरु कांगे्रस अछामका पुर्ब पार्टि सभापति पुष्प बहादुर शाह,माननिय सांसद रामबहादुर बिष्ट र महासमिति सदस्य देबराज देबकोटालाई सर्बसहमत नेतृत्व चयन गर्न जिम्मेवारी दिएको स्मरण गर्दै उहाले नेताहरु सो जिम्मेवारी बाट पछि नहट्ने आसा व्यक्त गर्नु भयो । २०४२ साल देखि नेपालि कांगे्रसको राजनितिमा होमिनु भएका नेता ढकाल २०४८ सालमा नेपाल बिद्यार्थि संघको क्षेत्रिय सभापति हुदै २०५० सालमा नेपालि कांग्रेस मुलि गाउकार्य समितीका सभापति बन्नु भएको थियो । यसैगरी २०५१ सालमा नेपालि कांगे्रस क्षेत्रिय कार्यसमिति सह—सचिब बन्नु भएका उहा २५ बर्षकै कलिलो उमेरमा२०५४ को स्थानिय निबार्चनमा मुलि गाउबिकास समितिको अध्यक्षमा निबार्चित हुनु भएको थियो । नेपालि कांगे्रस अछामको जिल्ला कार्यसमितिको सचिबमा ९ बर्ष लामो अनुभब बटुल्नु भएका उहा २०६७ सालको १२औ महाअधिबेसनमा अछाम क्षेत्र न. २ को क्षेत्रिय सभापतिमा निर्वाचित भई अछाममा पार्टिको संगठन थप मजबुद बनाउनु भएको थियो । हाल उहा संघिय मामिला तथा प्रदेस समन्वय बिभागका केन्द्रिय सदस्य रहि राजनितिमा सकृय रहनु भएको छ ।
