टि.बि.भण्डारी कमलबजार भ्राद २५
नेपाली काग्रेस कमलबजार नगरपालिकाको नगरसभापतिमा आज पदम बहादुर भण्डारी सर्वसहमती बाट छनोट भएका छन ।आज कमलबजार नगरपालिकाका वडा ,नगर ,जिल्ला तथा केन्द्रिय तहका नेताहरुको भेलाले नेपाली काग्रेस कमलबजार नगरपालिकाको नगरसभापतिमा आज पदम बहादुर भण्डारी सर्वसहमती बाट छनोट गर्ने निर्णय पारित गरेको हो ।
दुवै पक्षका प्रभावशाली स्थानिय ,जिल्ला तथा केन्दिय नेताहरु गणेश बहादुर बिष्ट ,ओम प्रकाश बिष्ट ,सुरेन्द्र ब.बिष्ट ,भुमिशरण ढकाल (बजगाई) पदमराज अधिकारी ,यज्ञ प्रसाद ढकाल ,नयाराम बजगाई ,कमल बि.क.कुष्ण प्रसाद ढकाल जगत ब. बिष्ट ,तेज ब. बिष्ट,भिम बिष्ट ,गोबिन्द्र भण्डारी ,राम ब.शाही ,सर्फ ब.बिष्ट ,पदम भण्डारी ,बिष्णु प्रसाद बजगाई,पुष्प अधिकारी ,तप्त ब.बिष्ट ,गोबिन्द्र भण्डारी लगायत वडा अधिबेशनका प्रतिनिधीहरुको भेलाले सर्वसहमती बाट पदम बहादुर भण्डारी लाई नगरसभापतीमा छनोट गरेको र यसलै एकताको सन्देश प्रवाह गरेको नेपाली काग्रेस महासमिती सदस्य तथा युवा नेता गणेश बिष्ट ले बताउनु भयो ।

कमलबजार वडा.न.७ सेरा निवासी पदम बहादुर भण्डारी पुर्व निर्वाचित गा.बि.स. अध्यक्ष तथा जिल्ला कार्य समिती सदस्य पनि हुन। ईमान्दार ,गुट को राजनितीमा नलाग्ने सरल स्वभावका भण्डारी दुवै गुटको साझा उम्मेदवार को रुपमा सर्वसहमत नगरसभापति मनोनित भएका हुन ।औपचारिक रुपमा धोषणा गर्न बाकी रहे पनि नगर कमिटी सचिवमा युवा नेता निर्मल बिष्ट र उपसभापति मा तक्मान बिष्ट पनि सर्वसहमत छनोट भएको जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय