२५ भाद्र २०७८ कमलबजार
नेपाली कांग्रेसका युवा नेता टेक बहादुर बिकले समावेशि तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
कक्षा ७ मा पढ्दै गर्दा राजनितिक यात्रा सुरु गरेका बिकले दलित समुदायको प्रतिनिधित्व गर्दै आउनु भएको छ ।

विद्यया प्रभोधनी उच्च माध्यामिक विद्यालयको नेवि संघ इकाईको सदस्य बाट आफनो राजनितिक यात्रा सुरु भएको पनि बताउनु भयो ।हाल नेपाल दलित विद्यार्थी संघको केन्द्रीय उपमहासचिव पदमा रहि काम गरिरहेको पनि बताउनु भयो । उत्पीडित दलित समुदायका मानिसहरुको आवाज उठानको लागि पनि आफुले उम्मेदवारी दिने घोषणा गरेको बताउनु भयो ।
विगतको समयमा दलित समुदायका नागरिकलाई नेतृत्व बहन गर्ने वातावरणको सिर्जना नभएको अवस्थामा दलित समुदायका नागरिक नेतृत्व पाउन बाट वञ्चित भएको कुरा स्मरण गर्दै अब त्यो अवस्था नरहेको पनि बताउनु भयो। पाटीलाई बलियो र दरिलो बनाउनु छ भने गुट उपगुटको अन्ते हुनु पर्ने कुरामा जोड दिनु भयो ।
आफु निर्वाचित भइसके पछि दलित समुदायका नागरिकको हरेक समस्यामा साथ दिने र पाटी संगठनलाई मज्बुद र दरिलो बनाउनु अहोम भुमिका खेल्ने पनि प्रतिबद्धता जनाउनु भयो । साथै उहाँले आफुले समावेशि तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरी सकेकाले सम्पुर्ण पाटी कार्यकर्तालाई निर्वाचित गराईदिन अपिल समेत गर्नु भयो ।




