कमलबजार, भाद्र २८
अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हाल देशका अधिकांश वडा कार्यसमितिका वडा अधिवेशन सम्पन्न भइसकेको छ ।
सुदुरपश्चिम प्रदेश पहाडी जिल्ला मध्य २ निर्वाचन क्षेत्र भएको अछाम जिल्लामा पनि महाधिवेशनको रौनक चलिरहेको बेला कमलबजार नगरपालिका वडा नम्बर ६ स्याउले स्थायी घर भएका नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला समिती अछामका सह सचीव एवम् प्रबक्ता भानुभक्त ढकालले अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ( ख ) बाट प्रदेश अधिबेशन प्रतिनिधिमा लड्ने घोषणा गरेका छन ।
नेता ढकालले १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ प्रदेश ख काे प्रदेश अधिबेशन प्रतिनिधिमा दाबी गरेको जानकारी गरेका छन ।
त्यस्तै उहाँले पार्टीलाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी आफू प्रदेश अधिबेशनमा लड्न लागेको युवा नेता ढकालले बताए ।
साथै उहाँले अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ( ख ) का वडाबाट निर्वाचित भइ आएका सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ आफुलाइ मत दिएर बिजयी गराउन अपिल समेत गरेकाछन ।