
हिक्मत नेपाली
कमलबजार, भाद्र २९
राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा कमलबजार नगरपालिका को आयोजना तथा आस्था नेपाल को आर्थिक सहयोगमा सम्पन्न भएको वाल विवाह न्युनिकरणमा वालबालिकाको भुमिका भन्ने शिर्षकमा भएको वक्तित्वकला प्रतियोगितामा कमलबजार नगरपालिका वडा नं ६ विरपथकि हस्तना शाही प्रथम भएकि छन । श्री शान्ति सम्झौता बाल क्लब विरपथकि सदस्य समेत शाही ले कुल २८.८३ अंक प्राप्त गरि प्रथम भएकि हुन । प्रथम पुरुस्कार वाफतको रु २२५० कार्यक्रम का प्रमुख अतिथि कमलबजार नगरपालिकाका नगरप्रमुख ओम प्रकाश बिष्टले शाहीलाई हस्तान्तरण गर्नु भएको थियोे । प्रतियोगितामा संघर्षशील बाल क्लब ढाँकु बाट प्रतिनिधित्व गर्ने रञ्जना बजगाई द्वितीय स्थान हासिल गर्न सफल भएकि थिईन । `सामान्य अवस्थामा कोभिड महामारी,बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी भन्ने नारा सहित भएको कार्यक्रम कमलबजार नगरपालिका बाल अधिकार समितिका संयोजक तथा कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाई को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पालिकाका विभिन्न वडाका वडा अध्यक्ष जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय कमलबजार का प्रतिनिधि , १० वटै वडाका बाल क्लवका प्रतिनिधि तथा कमलबजार नगरपालिकामा कार्यरत कर्मचारी हरुको उपस्थित रहेको थियोे ।