कमलबजार, भाद्र ३०
कमलबजार नगरपालिका मा बुधबार देखि खानेपानी तथा सरसफाइ उपशाखा सञ्चालनमा आएको छ । खानेपानी तथा सरसफाइ सम्वन्धि नगरपालिका बाट हुने कामकाजहरु एकीकृत रुपमा सञ्चालन गर्न सहज होस भन्ने उदेश्यले उपशाखा सञ्चालनमा ल्याईएको वास परियोजना संयोजक सिताराम रिमालले जानकारी दिनुभयो । प्राविधिक शाखामा कार्यरत सव ईन्जिनियर लाल बहादुर थापा लाई शाखाको कामकाज गर्ने गरि जिम्मेवारी दिईएको नि.प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर विष्टले बताउनु भयो । कमलबजार नगरपालिकाका विभिन्न वडामा सञ्चालनमा रहेका तथा सञ्चालन हुने खानेपानी तथा सरसफाइ सम्बन्धि योजनाको लागत ईस्टमेट, अनुगमन लगायतका कामहरु सो शाखा बाट हुने जानकारी गराईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय