कमलबजार ,असाेज १ ।
असाेज ३ गते संविधान दिवसको अवसर पारी कमलबजार नगरपालिका भित्र बस्ने दलित समुदायको आम भेला हुने भएको छ । नगर स्तरिय दलित सञ्जाल तदर्थ समितिका सचिव मिलन नेपाली ले जानकारी दिए अनुसार दलित समुदाय हक अधिकार स्थापित गर्नका लागि आम भेला आयोजना गरिएको छ । भेला बाट संस्था दर्ता गर्ने देखि आगामी दिनको कार्ययोजना तय गरिनेछ । भेलामा कमलबजार नगरपालिका भित्र बस्ने सम्पूर्ण दलित समुदायका व्यक्ति लाई उपस्थिति भई दिन नगर स्तरिय दलित सञ्जाल तदर्थ समितिकाका अध्यक्ष लाेकेन्द्र नेपाली अनुरोध गर्नु भएको छ । यश अघि दलित संजालले वडा स्तरीय कमिटी गठन गरेको थियो । आगामी दिनमा दलित शसक्तिकरणको सवाल लाई प्राथमिकता राखी काम गरिने नेपालीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय