कमलबजार, असोज ६
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका क्षेत्रीय अध्यक्ष समेत रहेका कमल बहादुर भण्डारीले अछाम निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । आज कमलबजार दैनिक डट कम संग कुरा गर्दै उहाँले क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । विद्याप्रवोधनी मा वि घोडासैन बाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका भण्डारी नेपाली कांग्रेसको राजनीतिमा २०६३ देखि निरन्तर सक्रिय छन ।
यश अघि ने वि सं को अछाम बहुमुखी क्याम्पस +2 ईकाई सभापति तथा कमलबजार बहुमुखी क्याम्पसका ईकाई सभापति समेत भएर काम गरिसकेको भण्डारी नेपाल तरुण दल क्षेत्र नं २ का संयोजक पनि हुन । नेपाली कांग्रेसको चाैधाैं महाधिवेशनमा मा आफू लाई अछाम क्षेत्र न श्क्षेत्रीय सचिवमा विजयी गराई दिनहुन सम्पुर्ण प्रतिनिधि हरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय