निर्मल रैका धनगढी कैलाली भाद्र ७
लोपोन्मुख सोनाहा जातिको सूचीकरण, शसक्तिकरण तथा विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा लोपोन्मुख सोनाहा जातीको सूचीकरण शसक्तिकरण तथा विकास सम्बन्धमा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सोनाहा बिकास समाज नेपाल को आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै संविधान सभाका सदस्य तथा मानव अधिकारकर्मी हरी श्रीपाइलीले सूचीकरणका लागि आफुले पहल पदमी गर्ने र सोनाहा जातिको सूचीकरण शसक्तिकरण तथा विकासमा विशेष जोड दिए ।
उनले सोनाहा जाति पनि नेपालको भुमीमा लामो समय देखि बसोबास गर्दै आएको बताउदै सोनाहा जातिको आर्थिक सामाजिक रूपमा बिकास र उन्नति प्रगतिमा राज्यले गर्नुपर्ने बताए ।
अधिवक्ता समेत रहेका श्रीपाइलीले अधिकार पनि पाउनु पर्ने र कर्तव्य पनि नागरिकले पुरा गर्नु पर्ने हुन्छ तर सोनहा जातिको पहिचानका लागि सर्व प्रथम त सूचीकरण हुनु पर्ने र क्मश बिशेष अधिकार दिइ बिकाशमा ध्यान दिनु पर्ने कुरामा जोड दिए ।
साथै सक्रियतापूर्वकआफूहरुको सूचीकरणका लागि शसक्तरुपमा आवाज उठाउने समेत बताए ।
सोनाहा विकास समाजको आयोजनामा भएको कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले निरन्तर दबाब दिए सूचीकरण हुने बताए ।
कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले सोनाह समुदायले परम्परादेखि गर्दे आएको सुन चाल्ने, माछा मार्ने लगायतका काम कसैले रोक्न नसक्ने उहाँहरुको यो पुर्खौली पेशा भएको बताए ।
सोनाहा विकास समाजका अध्यक्ष बलबहादुर सोनाहले सूचीकरण नहुँदा सुन चाल्ने, माछा मार्ने, डुंगा चलाउनेदेखि गाँस,वाँस, कपास, शिक्षा, स्वास्थ्य, राजनीतिक अधिकार, रोजगारी र सामाजिक सुरक्षामा समेत समस्या भएको बताए ।
कार्यक्रममा कैलाली र बर्दियाका सोनाह समूदायका अगुवाहरुको उपस्थिति थियो । कैलाली, कञ्चनपुर र बर्दियाका करिब १२०० जना सोनाह अगुवाको सहभागीता रहेको थियो भने सोनाहा जाति का अगुवाहरुले सूचीकरणका लागि स्थानीय, तह, प्रदेश र संघीय सरकारलाई दवाव दिने निर्णय गरेका छन ।