कमलबजार, असोज १२ । अस्थायी ट्राफिक प्रहरी पोष्ट कमलबजारको आज एक कार्यक्रमका बिच समुद्घाटन भएको छ । कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्टको प्रमुख आथित्यतामा सम्पन्न उक्त समुद्घाटन कार्यक्रम ईलाका प्रहरी कार्यालय कमलबजारमा प्राङ्गणमा सम्पन्न भएको हो ।अस्थायी ट्राफिक प्रहरी पोष्ट सञ्चालनमा आएपछि ट्राफिक नियम पालनामा कडाइ हुनुका साथै सवारी दुर्घटना न्युनिकरण हुने अपेक्षा राखिएको छ । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नगर प्रमुख बिष्टले सबैलाई ट्राफिक नियमको पालना गर्न अनुरोध गर्नु भयो । ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख लक्ष्मि राज जोशीले ट्राफिक नियम प्रहरीका लागि नभई आफ्नो आफ्नो गन्तव्य सुरक्षित राख्न तथा जीवन रक्षाका लागि अनिवार्य ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिनुभयो । बजार बिकास तथा प्रबद्र्धन समितीका अध्यक्ष कासीराम बजगाईको अध्यक्षतामा भएको थियोे । कार्यक्रममा बोल्दै नगर प्रमुुख बिष्टले अस्थायी ट्राफिक प्रहरी पोष्ट संचालन भए संगै सडक दुर्घटना तथा अन्य अपराधिक क्रियाकलापहरुमा केही हद सम्म कमि आउने बिश्वाश ब्यक्त गर्नुभयो । साथै उहाँले नगरपालिका अन्र्तगतकै गैरीटाँड बजारमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टलाई एउटा मोटरसाईकिल चाँडै नै उपलब्ध गराउने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । उद्धघाटन कार्यक्रममा बिशिष्ट अतिथीको आशन बाट बोल्दै तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुुष्पराज शर्माले ट्राफिक नियमको पालना गर्न र गराउन आम नागरीकलाई आग्रह गर्नुुभयो । यस्तै अर्का बिशिष्ट अतिथी कमलबजार नगरपालिकाका नगर उप प्रमुुख भुमिसरण ढकाल बजगाईले संचालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लाई स्थायी पोष्टको रुपमा बिकास गरीनु पर्नेमा जोड दिनु भयो । कमलबजार नगरपालिकामा समुदाय प्रहरी साझेदारी अन्र्तगत बिभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको र अपराध रोकथामका लागी नागरीक र प्रहरी बिच सहकार्य हुनु पर्नेमा ईलाका प्रहरी कार्यालयका ईन्चार्ज तथा प्रहरी निरिक्षक जोशीले जोड दिनुभयो । कमलबजार स्थित शिक्षक, ब्यापारी, बुद्धिजिबी, समाजसेवि, पत्रकार लगायत सरोकारवालाहरुको सहभागितामा सो अस्थायी ट्राफिक प्रहरी पोष्टको उद्धघाटन गरीएको हो । हाल एक जना ट्राफिक प्रहरी रहने प्रहरी निरिक्षक जोशीले बताउनु भयो । शान्तीपुणर् र शुरक्षित समाजका लागी कमलबजार नगरपालिका र ईलाका प्रहरी कार्यालय कमलबजारको सहकार्यमा अस्थायी ट्राफिक प्रहरी पोष्ट संचालनमा आएको बताईएको छ । यस संगै कमलबजार नगरपालिका अन्र्तगत दुई ठाँउ बाट अस्थायी ट्राफिक प्रहरीले सेवा प्रदान गर्ने भएका हुन् ।
ADVERTISEMENT