निर्मल रैका धनगढी कैलाली २०७८ असोज १९ ,
लुम्बिनी प्रदेशको बर्दिया जिल्लाको राजापुरमा आयोजित तेस्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई सम्बोधन गर्न गएका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र संविधान सभाका सदस्य हरी श्रीपाइली लगायतलाई एक कार्यक्रमका बिच भब्य स्वागत गरिएको छ ।
सोनाहा सम्मेलनलाई सम्बोधन गर्न गएका शेरचन र श्रीपाइलीलाई भब्य स्वागत गरिएको हो
स्वागत पश्चात आयोजित कार्यक्रमा प्रदेश प्रमुख अमिक शेरचनले सोनाहा जातिका माग जायज भएको बताएका छन
उनले सोनाहा जातिले आफुहरु सूचिकरण हुनु पर्ने मागका साथै अन्य माग हरु जायज भएको बताएका हुन
लुम्बिनी प्रदेशको बर्दियाको राजापुरमा आयोजित तेस्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई सम्वोधन गर्दै प्रदेश प्रमुख शेरचनले सोनाहा जातीको पहिचानका सन्र्दभमा सर्वोच्च अदालतले २०७२ मंसिर १६ गते छुट्टै जाती हो भनी सकेकोले सूचीकरण भइ छोड्ने बताए
अझै पनि देशका नागरिकले पहिचानका लागि लडाई लड्नु आफैमा दुखद भएको बताए ।
उनले हरेक समस्याको समाधान कानुनी तवरले गर्नु पर्ने बताउदै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएकाले सोनाहा जातीको सूचिकरण हुने कुरामा जोड दिए ।
उनले भने, म आफै पुगेर प्रधानमन्त्रीलाई अनुरोध गर्छु र सोनाह जातीको सुचिकरणका लागि दबाब दिने बताए ।
उनलेे ठूलावडाले घरमा पालेको कुकुरले सदै मासुभात खान पाउने पछाडि पारिएको समुदायले मिठो मसिनो खान लाउन चाड पर्व कुर्नुपर्ने वर्गिय लडाइँको अन्त्य नहुन्जेल यस्तो समस्या देखा परिरहने बताए ।
प्रदेश प्रमुख शेरचनले आफ्ना, भाषा, सस्कृति, परम्परा जोगाएर राख्न पनि सोनाहा समुदायलाई आग्रह गरे ।
कार्यक्रमलाइ सम्बाोधन गर्दै संविधान सभाका सदस्य हरी श्रीपाइलीले सोनाहा जाति यो देशको सम्पत्ति भएको बताउदै सोनाहा जातिको सरक्षण भाषा, सस्कृति, परम्परा जोगाएर राख्न सरकार सग आग्रह गरे
उनले पछाडि पारिएको समुदायले आफ्ना अधिकार पाउन सगठित हुनु पर्ने साथै लडाइँ जारी राख्न थप रणनीति बनाउनु पर्ने बताए ।
उनले सूचीकरण संगै शिक्षा,स्वास्थ्य रोजगारीमा सोनाहा जातीलाई प्राथमिकता दिनु पर्ने बताए ।
सम्मेलनमा लोपोन्मुख र अल्पसंख्यक सोनाहा जातीलाई जोगाउनका लागि राज्यले अनेक प्रयास गर्नु पर्ने माग प्राय सबै वक्ताहरुले गरेका थिए ।
कैलाली, कञ्चनपुर र वर्दियामा गरि १२०५ जना सोनाहा रहेको अनुमान गरिएको छ ।
सो अवसरमा वोल्दै सोनाहा समाजका अध्यक्ष बलवहादुर सोनाहाले नदीमा बालुवा छानेर सुन खोज्ने, माछा मार्ने, डुंगा चलाउने सो समुदायले सूचीकरण नहुँदा कठिनाइ भएको बताए ।
सोही कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरी , उपप्रमुख मनकला कुमारी चौधरी, भजनी नगरपालिकाका कार्यपालिका सदस्य तथा अधिकारकर्मी कमला ज्ञवाली , वडा नम्बर १ का अध्यक्ष खुसीराम चौधरी, वडा नम्बर ८ का अध्यक्ष चिन्तामणी आचार्य, घोडाघोडी नगरपालिका कैलालीका सदस्य राधा सोनाहा,लगायतले तेस्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई सम्वोधन गरेका थिए ।