युनिक नेपालको अध्यक्षमा प्रीम बहादुर थारु र सदस्यमा निर्मल कुमार थारु चयन

निर्मल रैका ,बर्दिया ०७ कार्ति

युनिक नेपालको १२ औं महाधिवेशन तथा २६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२६ औ वार्षिक साधारण सभाले युनिक नेपालको ७ सदस्यीय संचालक समिति चयन गरेको हो ।
जसको अध्यक्षमा प्रीम बहादुर थारु,सचिवमा निर्मला चौधरी,कोषाध्यक्षमा जित बहादुर थारु,सदस्यहरुमा ईन्जिनियर निर्मल कुमार थारु,राधेश्याम थारु, बसन्ती थारु,राधा चौधरी रहेका छन भने जसको संरक्षणमा समाजिक अभियन्ता तथा लघुबित्त बिज्ञ थारु अगुवा डा गोपाल दहित रहनु भएको छ ।
२६ औ वार्षिक साधारण सभाले चयन गरेको कार्य समिति लाइ समाजिक अभियन्ता थारु अगुवा गोपाल दहितले
नव निर्वाचत केन्द्रिय कार्य समितिलाई बधाई दिनुका साथै युनिक नेपालले सामाजिक जागरण, युवा सशक्तीकरण , मानव अधिकार,स्वास्थ्य ,सरसफाइ, लगायत थुप्रै क्षेत्रमा कार्य गरि आफुलाई स्थापित गरेको संस्था भएकोले समाजमा युनिक नेपालको छुट्टै छाप भएको र निरन्तर दिनु पर्नेमा जोड दिए ।
२६ औ वार्षिक साधारण सभामा युनिक नेपालका संस्थापक अध्यक्ष देवमान चौधरी, पुर्व कार्य समिति सदस्य , सरोकारवाला निकाय , कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय