कमलबजार कार्तिक १० । सुदूरपश्चिम प्रदेशमा एमालेको वडा तथा नगर अधिवेशन कात्तिक १२ र १५ गते हुने भएको छ। त्यस्तै कमलबजार नगरपालिकामा पनि  कार्तिक १५ गते नगर अधिवेशन हुने नगर अध्यक्ष खेमराज जैशीले जानकारी दिनुभयाे ।  यश अघि कार्तिक ६ गते  कमलबजार नगरपालिकाका १० वटै वडामा वडा अधिबेशन सम्पन्न भईसकेको समेत जानकारी प्राप्त भएको छ।  सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा बाढी र पहिरोबाट ठूलो क्षति पुगेपछि अधिवेशनहरू सारिएको एमाले सुदूरपश्चिमले जनाएको छ। तर, तयारी पूरा भएका केही जिल्लाका केही वडामा भने अधिवेशन सम्पन्न भएको बताईएको छ।

बाढी तथा पहिरोबाट कम क्षति भएका तथा तयारी पूरा भएका केही क्षेत्रमा भने अधिवेशन सकिएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले बताए। हालसम्म डडेल्धुराको एक वडा, अछाम, बाजुरा र दार्चुलाका केही वडामा अधिवेशन सम्पन्न भएको छ। ती क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको सचिव रावलको भनाई छ।
बाँकी रहेका क्षेत्रमा १२ र १५ गते अधिवेशन गर्ने तयारी भइरहेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै १२ र १५ गते हुने अधिवेशन सम्पन्न गर्न जिल्लाका अध्यक्ष तथा प्रदेशका सदस्यहरूलाई सहजीकरण गर्न समेत आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय