
कमलबजार , कार्तिक २३ । अछाममा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ निवासी मनसरा देवकोटाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
उनको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । उहाँको दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटक प्रसूतिमा गम्भीर समस्या उत्पन्न भएपछि विनायक देखि कोहलपुर शिक्षण अस्पतालसम्म प्रसूति सेवाका लागि उद्धार गरिएको हो ।
उहाँको उद्धारमा प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल, नगर प्रमुख देवराज देवकोटा, अछाम अस्पताल, नेपाली सेना लगायतका निकायले सहयोग गरेका थिए ।
यसबारेमा रेडियो गाउँघर संग कुराकानी गर्दै अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले अछाम जिल्लामा राष्टपति महिला उद्धार कार्यक्रम प्रभाबकारी बनेको बताउनुभएको छ ।
अछाम जिल्लामा समसयामा परेका महिलाहरुका लागी जिल्ला प्रशासन कार्यालय अछामले महिला मन्त्रालयमा सोझै सम्पर्क गरी उद्धार गर्ने गरेको बताउनुभयो । आज पनि जिल्ला प्रशासन कार्यालय अछाममा खबर आउने बित्तिकै आफुले पहल थालेको बताउनुभयो ।
मन्त्रालयमा खबर गर्ने बित्तिकै हेलिकप्टर अछाममा आएको बताउँदै उहाँले गर्भवसत महिलाको समयमै उद्धार भएको उनको भनाई छ । आफु जिल्लामा आएदेखि यस्ता प्रकारका समस्यामा परेका महिलाहरुको उद्धारमा कुनै कमजोरी नभएको उहाँको भनाई छ ।
एकाध घटना बाहेक अन्य त्यस्तो प्रकारको समस्या नदेखिएको मल्लले बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी मल्लले यस्तो समसया भएमा आफुलाई समयमै खबर गर्न आग्रह गर्नुभएको छ । समयमै खबर नहुँने हो भने उद्धारमा बाधा पुग्ने भएकाले पनि समयमै खबर गर्न सबैलाई सुझाव दिनुभयो । copy Sudurdarpan