सुुबाश अधिकारी, कमलबजार, अछाम
माघ १४, २०७८
केन्द्रिय तथ्याँङ्क बिभागका अनुुसार अछाम जिल्लाको २०७८ को प्रारम्भिक जनगणनाको नतिजा घटेको उल्लेख गरेको छ । केन्द्रिय तथ्याँङ्क बिभागले बुुधबार सार्वजनिक गरेको तथ्याँङ्क अनुसार अछाम जिल्लाको जनसंख्या २ लाख २९ हजार ८ सँय १६ रहेको तथ्याँङ्कले देखाएको छ । प्रत्येक १० बर्षमा गरिने जनगणना अनुुसार २०६८ को तथ्याँङ्क अनुुसार अछामको जनसंख्या २ लाख ५७ हजार ४ सँय ७७ रहेको थियो । २०६८ को तथ्याङ्क अनुुसार २ लाख ५७ हजार ४ सँय ७७ रहेको जनसंख्या २०७८ को तथ्याँङ्क बिभागले २७ हजार ६ सँय ६१ कम रहेको जनाएको छ । यसैबिच जिल्लाका बिभिन्न पालिकाको पनि प्रारम्भिक जनगणनाको नतिजा घटेको जनाएको छ । २०६८ को जनगणना अनुुसार २३ हजार ७ सँय ३८ रहेको कमलबजार नगरपालिकाको जनसंख्या ०७८ को प्रारम्भिक नतिजाले २० हजार ९ सँय ४७ रहेको उल्लेख गरेको छ । यसरी हेर्दा २०६८ को भन्दा २०७८ को जनसंख्या २ हजार ७ सँय ९१ ले कम हो । २०७८ को प्रारम्भिक नतिजा अनुुसार कमलबजार नगरपालिकामा महिलाको संख्या ११ हजार ४ सँय ६७ र पुुरुषको संख्या ९ हजार ४ सँय ८० रहेको छ । जनगणना घर संख्या ३ हजार ७ सँय ३० रहेको यस पालिकामा परिवार संख्या ४ हजार ५ सँय ९० रहेको उल्लेख छ । यस्तै ०७८ को प्रारम्भिक जनगणना अनुुसार पंचदेवल विनायक नगरपालिकाको जनसंख्या २६ हजार ३ सँय १६, मंगलसेन नगरपालिकाको २६ हजार ८ सँय ४३, तुुर्माखाँद गाँउपालिकाको २४ हजार ४ सँय ४०, ढकारी गाँउपालिकाको २२ हजार ५ सँय ५३ रहेको छ । यस्तै साँफेबगर नगरपालिकाको २५ हजार ९ सँय ९०, रामारोशन गाँउपालिकाको २२ हजार ६ सँय ७६ रहेको तथ्याँङ्कले देखाएको छ । चौरपाटी गाउँपालिकाको २२ हजार ४ सँय ७, मेल्लेख गाँउपालिकाको २३ हजार ९६ रहेको छ भने बान्नीगढी जयगढ गाँउपालिकाको १३ हजार ६ सँय ३९ रहेको केन्द्रिय तथ्याँङ्क बिभागले सार्वजनिक गरेको तथ्याँङ्कमा उल्लेख छ । प्रत्येक १० बर्षमा एक पटक संचालन हुुने जनगणनाको श्रृंखलामा राष्ट्रिय जनगणना नेपालको १२औं तथा बि.स. २०७२ मा जारी भएको नेपालको संविधान बमोजिमको संघिय गणतान्त्रिक प्रणालीको पहिलो जनगणना हो ।
ADVERTISEMENT