
निर्मल रैका धनगढी भाद्र २१
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल केन्द्रिय कार्यलय डडेलधुराले आज एक बिज्ञप्ती जारी गरेको छ ।
हलियाको उचित ब्यवस्थापन र पुनःस्थापना हुन नसकेकोमा सरोकारवाला निकायले चिन्ता ब्यक्त गरेका छन ।
१३ औ हलिया दिवसको पुर्व सन्धामा आयोजित पत्रकार सम्मेलनमा मुक्त हलिया आन्दोलनका नायकहरुले गहिरो चिन्ता ब्यक्त गरेका हुन ।
हलिया मुक्ती भएको करिब १३ बर्ष बितिसक्दा पनि राज्यबाट अझै पनि नैसर्गिक अधिकार नपाउदा हाल सम्म पनि उनीहरुको बिचल्ली भएको छ ।
आजकै दिन अथार्त लामो समयको आन्दोलन पश्चात सरकार र हलिया आन्दोलनकारी बिच सम्पुर्ण हलियाको उचित ब्यवस्थापन गर्ने निर्णय भएको सरकार र आन्दोलनकारीका बिचमा भएको बार्ता टाेलीका प्रमुख तथा हलिया मुक्ति अभियानका सयोजक हरि श्रीपाइलीले बताए ।
उनले हलिया मुक्ती घोषणा कागजमा मात्र घोषणा भएको पुर्णरुपमा कार्यान्वयनमा ल्याउन तथा बाकि रहेका हलियाको यथाशीघ्र पुनःस्थापन गर्न समेत माग गरेका छन ।
उनले हलिया मुक्तीको सबाल लिएर जादा तथा बार्ता हुँदा राज्यले सम्पुर्ण हलियाको उचित ब्यवस्थापन उनिहरु को गाँस, बास ,कपास, शिक्षा स्वास्थ रोजगारीको ब्यवस्था भनीए पनि त्यो हुन नसकेकोमा संविधान सभा सदस्य समेत रहि सकेका हरि श्रीपाइलीले बताए ।
अझै पनि तत्कालीन समयका सुदुर तथा मध्य पश्चिमका विभिन्न जिल्लामा करिब २० % हलिया मुक्तिको पर्खाइमा रहेका छन ।
परिवारको कुनै एक सदस्यले ऋण लिई उक्त ऋणको सट्टामा परिवारका सदस्यले बिना रकम घरलु काम खेतीपाती मजदुरि गर्दछ भने त्यस्तो ब्यक्तिलाई हलिया भनिन्छ ।
यसरी बिना रकम घरेलु काम गराए कानुनले डन्डीत गर्ने भनिएको भएपनि हलियाको उचित ब्यवस्थापन हुन नसक्दा अझै पनि घरेलु काम गर्न हलियाहरु बाध्य छन ।
२०६५ साल भाद्र २१ गते नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो ।