कमलबजार नगरपालिका वार्ड न ६ मा सुत्केरी संग उपप्रमुख पोषण कोसेली सहयोग कार्यक्रम सम्पन भएको  छ ।

कमलबजार नगरपालिका वार्ड ६ बिरपथ का वार्ड अध्यक्ष एवं स्वास्थ्य ब्यबस्थापन समिती अध्यक्ष श्री राम बहादुर शाह ज्यू को अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रममा  कमलबजार नगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्ट ले पोषण कार्यक्रम को उद्देश्य सहित पोषण को महत्व र गर्भरहे देखि नै आफ्नो स्याहार गर्नु पर्ने र स्थानिय स्तरमा पाहिने खानाको समूह बाटै पोषिलो खाना खानु पर्छ र बच्चा गर्भमा रहदै सबै भन्दा बढी दिमाग को बिकास हुने भएको ले जन्मिसके पछि भन्दा बढी बच्चा गर्भमा रहेकै बेला आमाले पोषिलो खाने कुराहरु हरेक बार खाना चार खानु पर्ने बताउनु भयो । पोषण को अबस्था बुझ्नलाइ बच्चा जन्मेदेखि २ बर्ष सम्म आफ्नो बच्चाको तौल लिन्नु पर्ने र बच्चामा गरेको खर्च, खर्च नभएर लगानी हो भन्नू भयो ।

कार्यक्रम को प्रमुख अतिथी एवं नगरपालिका कार्यबाहक प्रमुख भुमिशरण ढकाल बजगाइ ले गर्भवती महिला र सुत्केरी महिला ले पोषण मा अरु समान्य महिला भन्दा बढी जोड दिनुपर्ने साथै गाउँ घरमा कुवेत बार्ने चलन रहेको र त्यसले गर्दा कुपोषण झन बड्ने भएको कारण आमाले जति खायो त्यतिनै बच्चा लाई राम्रो हुने भन्नू भयो, बच्चा र आमाको पोषण मा थप सुधार ल्याउने उद्देश्य ले पोषण कार्यक्रम कमलबजार नगरपालिकामा आउदा दिनहरुमा पनि रहिरहने उहाले जोड दिनु भयो ।

कार्यक्रम मा पोषण फोकल पर्सन पबित्रा भण्डारी ले पोषण आमा र बच्चालाइ अति नै आबश्यक भएको कारण पोषण मा कन्जुस्याइँ न गर्न आग्रह गर्नु भयो आउदो दिनमा बिरपथ लाई छिट्टैनै पोषण मैत्री वार्ड घोषणा गर्ने पनि कुरा बताउनु भयो

उक्त कार्यक्रममा कमलबजार नगरपालिकाक।न।पा ६ बिरपथ का वार्ड सचिब केसब गिरि, न्यायहेल्थ नेपाल सामाजिक स्वास्थ्य कार्यकर्ता कृष्णा शाही को उपस्थिती रहेको कार्यक्रम को संचालन बिरपथ स्वास्थ्य चौकि प्रमुख आशिका तामाङ्ग ले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय