हिक्मत नेपाली
कमलबजार , बैशाख ८ ।
बाल संरक्षणको पञ्चबर्षीय रणनीति योजना अन्तर्गत प्रथम वर्षको समिक्षा तथा दोश्रो वर्षको कार्ययोजना निर्माण वारे १ दिने कार्यशाला गोष्ठी शुक्रबार कमलबजारमा सम्पन्न भएको छ ।
स्थानीय बाल अधिकार समिति कमलबजार नगरपालिकाको आयोजना तथा आस्था नेपालको सहयोग र वल्ड भिजन लगायतको साझेदारीमा गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठिमा ५ बर्षको रणनितीक योजना अन्र्तगत सम्पन्न गरिने कार्यक्रम तथा आगामी बर्षमा गरिने कार्यक्रमका बिषयमा छलफल भएको थियो । ५ बर्षमा ३३ वटा बिभिन्न ईभेन्ट आयोजना गर्ने लक्ष्य रहेको आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले जानकारी दिनुभयो ।
यस अघि पालिका भित्र २२५ जोखिममा रहेका बाल बालिकाको तथ्याङ्क सकलन गरि त्यो मध्ये ६३ अति जोखिममा रहेका बालबालिका लाइ सहयोग पुग्ने उदेश्य ले आबश्यकताकाे आधारमा ४ देखि १० हजार सम्म सहयोग गरेको र आगामी बर्ष पनी सो कार्यक्रम लाई निरन्तरता दिने शाहीले बताउनु भयो ।
वालमैत्री स्थानिय शासन निमार्णका लागी सरोकारवाला सवैपक्षको उत्तिकै महत्वपुर्ण भुमिका रहने भएकोले सवैले आआफ्नो क्षेत्र बाट सहयोग गर्नुपर्नेमा सहभागीहरुको जोड थियो ।
गोष्ठिमा आगामी बर्षमा पालिका भित्रका वडा नं ४ र वडा नं २ लाई वालमैत्री वडा घोषणा गर्ने तगारीका साथ काम भईरहेको आस्था नेपालमै कार्यरत लभजंग कुँवरले जानकारी गराउनु भएको थियो । साथै स्थानीय सरकारका जनप्रतिनिधीलाई भौतिक क्षेत्रको बिकासमा मात्र नभई वालवालिका क्षेत्रका लगानी गर्नका लागी आग्रह गर्नुभयो । कार्यशाला गोष्ठिमा वालवालिका क्षेत्रमा उचित बजेटको व्यवस्था गर्नमा पालिका प्रतिवद्ध रहेको पालिकाका कार्यवाहक नगरप्रमुख शारदा बिष्ट कुँवरले बताउनु भयो ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा पालिकाका बिभिन्न वडाका वडा अध्यक्ष निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद बजगाई ,बिभिन्न बिषयगत शाखाका प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रमुख भास्कर चन्द लगायतको उपस्थित रहेको थियोे ।





