हिक्मत नेपाली
कमलबजार ,बैशाख १०। पालिका स्तरीय पहिरो सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम आईतवार कमलबजारमा सम्पन्न भएको छ । वाक नेपाल भकारी परियोजनाको आयोजना , कमलबजार नगरपालिकाको विपद व्यवस्थापन समितिको समन्वय तथा मर्सिकोर नेपाल सहयोगमा अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
सो अभ्यास कार्यक्रममा पहिरो आउनुपुर्व अपनाउनु पर्ने सावधानी तथा पहिरो आई सके पश्चात खोज तथा उद्धार कार्यमा कसरी सहभागी हुने र पिडितको कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा सहभागीहरु लाई बिभिन्न टोली बनायर अभ्यास गराईएको थियो ।
कृतिम घटना अभ्यास कार्यक्रमले पहिरो सम्बन्धी घटना व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्ने वाक नेपालको भकारी परियोजनामा कार्यरत डिआरआई अफिसर टेकेन्द्र परियारले बताउनु भयो ।
अभ्यासले पालिका बाट विपद व्यवस्थापनलाई सहज बनाउने कमलबजार नगरपालिकाकाका कार्यवहाक नगरप्रमुख शारदा कुमारी बिष्टको भनाई रहेको थियो । कमलबजार नगरपालिकाकाका कार्यवहाक नगरप्रमुख शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य, कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पुर्णप्रसाद बजगाई बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधी, ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी लगायतको उपस्थिीती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय