
हिक्मत नेपाली
कमलबजार बैसाख ३० ।
पालिका स्तरीय सुरक्षा तथा संरक्षण सम्बन्धी अन्र्तक्रिया कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाको आयोजना तथा वाक नेपाल भकारी परियोजनाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा कमलबजार नगरपालिकाका बिभिन्न क्षेत्रमा संलग्न व्यक्तित्व संग सुरक्षा तथा संरक्षण सम्बन्धी गहन अन्र्तक्रिया गरिएको थियो ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा , ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक भास्कर चन्द, कमलबजार नगरपालिकाका प्रशासन शाखाप्रमुख पुर्ण प्रसाद बजगाई, महिला बालबालिका शाखा प्रमुख डम्मर ढुगांना , बिपद व्यवस्थापन शाखा प्रमुख बिरेन्द्र तिमिल्सैना का सहभागीता रहेको थियो । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका प्रमुख डा. अनमोल थापा , स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्ट, शिक्षा शाखामा कार्यरत नैन बहादुर कुँवर,व्यक्तिगत घटना दर्ता तथा पञ्जिकरण सेवा ईकाईमा कार्यरत हिक्मत बहादुर नेपाली, बिभिन्न पालिका भित्रका उच्चतम बिद्यालयका प्रधानाध्यापक , बिभिन्न संद्य संस्थाका प्रतिनिधि ,सञ्चारकर्मी लगायतको उपस्थिीती रहेको थियो ।
कार्यक्रममा वाक नेपाल भकारी परियोजनाले सुरक्षा तथा संरक्षण सम्बन्धी कसरी काम गरिरहेको छ भन्ने बिषयमा जेसी अफिसर योगेन्द्र कठायतले जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागी बिभिन्न क्षेत्रका व्यक्तिले आआफ्नो संघ संस्था तथा शाखा बाट हुने सेवा प्रवाहमा सुरक्षा तथा संरक्षण सम्बन्धी भईरहेका गतिविधी प्रस्तुत गर्नु भएको थियो ।
कमलबजार नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बरा ढुंगानाले शाखाबाट भईरहेका सेवा प्रवाहका बिषयमा जानकारी गराउनु भएको थियो । परिचय बितरण तथा वालविवाह लगायतका हिंशा न्युनिकरणका लागी जनचेतनामुलक कार्यक्रम शाखाले नियमित गरिरहेको र बिभिन्न संघसंस्था संगको सहकार्यमा शाखाले बिशेषतह महिला वालवालिका तथा जेष्ठ नागरिकका लागी सुरक्षा तथा संरक्षणका बिविध कार्यक्रम गरिहेका उहाँले बताउनु भयो ।
कमलबजार नगरपालिकाको बिपद व्यवस्थापन शाखा प्रमुख बिरेन्द्र तिमिल्सैनाले शाखाले विपद व्यवस्थापनका कार्य गर्दा बिपन्न पछाडिपारिएका समुदायलाई प्राथमिकता राखेर सुरक्षा तथा संरक्षण सम्बन्धी काम गरिरहेको धारणा अन्तरक्रिया कार्यक्रममा राख्नु भयो ।
कार्यक्रममा कमलबजार नगरपालिकाको न्यायिक समितीमा उजुरी प्रशासकमा रुपमा कार्यरत पबित्रा भण्डारीले न्यायिक समितीले न्याय समितीमा आउने उजुरीकाका प्रकृतीका बिषयमा जानकारी गराउनु भएको थियो । उहाँले जानकारी गराए अनुसार घरेलु हिंसा तथा वालबिवाहका केश समितीमा बढी आउने गरेको ति केशको समाधान गर्ने क्रममा सुरक्षा तथा संरक्षण सम्बन्धीको पाटोलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।
कमलबजार नगरपालिकाका शिक्षा शाखा बाट हुने सेवा प्रवाहमा सुरक्षा तथा संरक्षण सम्बन्धीका कार्यमा विबिध समस्या रहेको शिक्षा शाखामा कार्यरत नैन बहादुर कुँवरले बताउनु भयो । बिद्यालयका जिंर्ण भवन रहेका तथा शौचालयको व्यवस्थापनमा कठिनाई भएका कारण पनी सुरक्षाको प्रत्याभुती हुन नसकेको बताउनु भयो ।
स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्टले स्वास्थ्य शाखा बाट प्रवाह हुने सेवामा बिशेष गरी सुरक्षाको पाटो जोडिने भएकाले केहि कठिनाई रहेको बताउनु भयो । पुर्ण खोप तथा आमा सुरक्षा कार्यक्रम अन्र्तगत सुरक्षा तथा संरक्षणको कठिनाई रहेको छ साथै राज्यको निती अनुसार ९८ प्रकृतीका औधषी निशुल्क स्वास्थ्य संस्था बाट वितरण गरिने भएतापनी खरिद प्रकृयामा ठिलाई भएकाले केहि अभाव जस्तो देखिय पनी हाल पालिका भित्रका सबै स्वास्थ्य संस्थामा प्रयाप्त औषधी रहेको बताउनुभयो ।
यस्तै …………….