हिक्मत बहादुर नेपाली
अछाम , जेष्ठ ०६ ।
सरकारको प्रत्येक किसान लाई किसान परिचय वितरण गर्ने निती अनुसार अछामको कमलबजार नगरपालिकामा तथ्यांक संकलन भईरहेको छ । पालिकामा कुल ४६ सय मध्ये ९ सय ६० किसान परिचयपत्रका लागी सुचिकृत भईसकेको र वाँकी किसानको तंथ्यांक सकलनका लागी गणकको छनोट भई काममा खटाईएको पालिकाका कृषि शाखा प्रमुख शुनिल कुँवरले बताउनु भयो ।
किसान सुचिकरणका लागी सहजकर्ताहरुका लागी आयोजना भएको २ दिने तालिमको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कमलबजार नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको तालिमको उद्घाटन कमलबजार नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा पालिकाको वडानं २ का वडा अध्यक्ष दिर्घा टमट्टा ले व्यानर वाचन गरेर गर्नु भएको थियो ।
तालिमको अध्यक्षताको आसन बाट काबा नगरप्रमुख टमट्टाले किसान सुचिकरणका लागी सहजकर्ताहरुका लागी आयोजना भएको तालिममा सिकेका ज्ञान तथा सिप लाई प्रयोग गरेर कृषको एकिन तथ्यांक ल्याउन तालिममा सहभागी सहजकर्ता लाई आग्रह गर्नुभयो ।
तालिमको उद्घाटन सत्रमा कमलबजार नगरपालिकाको कृषि शाखा प्रमुख सुनिल कुँवर , पालिकका सुचना प्रबिधि अधिकृत बिष्णु बोगटी , कृषि शाखामा कार्यरत कृषि स्नातक अर्जुन बिष्ट , बिभिन्न सञ्चारकर्मी लगायतको उपस्थिस्ती रहेको थियो । तालिमको उद्घाटन सत्रको सञ्चालन कृषि शाखामा कार्यरत नाप्रस बृख बहादुर बिष्टले गर्नु भएको थियो ।
सहभागी सहजकर्ताहरुलाई कमलबजार नगरपालिकाका कृषि शाखा प्रमुख सुनिल कुँवर र   ढकारी गांउपालिकाका कृषि शाखा प्रमुख पदम बहादुर बुढाले प्रशिक्षण गराईरहनु भएको छ । तालिम भोलि सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय