
सुबाश अधिकारी, २०८०, जेठ ८ शोमबार, कमलबजार अछाम
सडक क्षेत्राधिकार भित्र पर्ने घर–टहरा हटाउन आग्रह गरिएको छ । कमलबजार नगरपालिका अन्र्तगतको गैरीटाड देखी तुर्माखाद गाउपालिकाको बास्काडा सम्म सडक निमार्ण कार्यका लागी ठेक्का आव्हान भईसकेको र ठेक्का सम्झौता हुनु अगावै सो सडक क्षेत्र भित्र पर्ने घर–टहरा हटाउन आग्रह गरिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय तथा पूर्वाधार विकास कार्यालय मार्फत सो आग्रह गरिएको हो ।
२०८० जेठ ७ गते आईतबारका दिन एक सुचना जारी गर्दै पूर्वाधार बिकास कार्यालय साफेबगर अछामले कमलबजार नगरपालिका र तुर्माखाद गाउपालिका लाई संयूत्त रुपमा कमलबजार नगरपालिकाको गैरीटाड देखीे तुर्माखाद गाउपालिकाको बास्काडा सम्मको सडक क्षेत्र भित्र पर्ने सम्पूर्ण घर टहराहरु भनेको छ ।
पूर्वाधार विकास कार्यालय साफेबगरका निमित्त कार्यालय प्रमुख ईन्जिनियर रुद्र बहादुर बोगटीद्धारा हस्ताक्षरित सुचनामा सो कुरा उल्लेख गरिएको छ ।