हिक्मत नेपाली , कमलबजार,जेष्ठ १४ ।
अछामको कमलबजार नगरपालिकामा २०७९ को स्थानीय निकायको निर्वाचन सम्पन्न भई नयाँ जनप्रतिनिधि निर्वाचित भएर आए देखि हाल सम्म पालिका मातहतमा कार्यरत करार कर्मचारीका विषयमा विवाद कायमै रहेको छ । केहि करार कर्मचारीको करार म्याद थपिए पनि अधिकांश करार कर्मचारीको म्याद थप नहुदा सेवा प्रवाहमा समस्या भईरहेको छ ।
यहि कुरा लाई मध्येनजर गरि कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले यश अघि नियुक्त भएका सबै करार कर्मचारीलाई जेष्ठ १६ गते देखि कामकाजमा फर्किन निर्देशन दिनु भएको छ । जेष्ठ १४ गते आईतवार पालिका द्वारा नगरप्रमुख ढकालको हस्ताक्षर सहित जारी भएको सूचनामा उल्लेख गरिएको छ ।
यश अघि गत स्थानीय सरकारका पालामा प्रकृयामा नगई सोझै ठाडो आदेशका भरमा नियुक्त गरिएका करार कर्मचारीको म्याद नथप्ने र करार कर्मचारी नियुक्ति सम्बन्धि कार्यविधि बनाई नयाँ कर्मचारी नियुक्त गर्ने नगर कार्यपालिकामा निर्णय भएता पनि सो प्रकृया अगाडि नबढाईएको प्रति कार्यपालिकाको बहुमत पक्ष वडा अध्यक्ष तथा कार्यापालिका सदस्यहरुको असहमति रहदै आएको कमलबजार नगरपालिकाका प्रवक्ता तथा ५ नं वडा का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाको भनाई छ ।
गत जेष्ठ १२ गते पालिकामा हाल कार्यरत कर्मचारीहरुको बैठक वसि , पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले पालिकाको कर्मचारी सम्बन्धि समस्या तत्काल समाधान गर्न सुझाव आएको र कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा अवरोध सिर्जना भएकाे महसुस गरि यश अघि नियुक्त भएका करार कर्मचारीलाई कामकाजमा फर्किन र कार्यालयलाई खटाउन निर्देशन दिएको नगरप्रमुख ढकालले बताउनु भयो ।
यसै विच
कमलबजार नगरपालिकाका विभिन्न समस्या समाधानका लागि पालिका स्तरीय परामर्श समिति गठन गरिएको सम्बन्धि नगरप्रमुख ढकाल द्वारा हस्ताक्षरित अर्को सुचना पनि पालिकाको सूचनापाटीमा टास गरिएको छ । कमलबजार नगरपालिकामा विकास निर्माण, सुशासन र भष्टाचार निवारण गर्नका लागि पुर्व जनप्रतिनिधि, राजनीतिदल, तथा सरोकारवाला पक्षको समेत रायसुझावको आवश्यकता भएकोले नगरप्रमुखको संयोजकत्व रहने गरि २१ सदस्यीय परामर्श समिति गठन गरिएको नगरप्रमुख ढकालले बताउनु भयो ।





