पालिका स्तरिय परामर्श समिती गठन गरिएको छ । जिल्लाको कमलबजार नगरपालिकामा पालिका स्तरिय परामर्श समिती गठन गरिएको हो । नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल संयोजक रहने गरि २१ सदस्सीय उक्त समिती गठन गरिएको हो ।
नगर पालिकामा विकास निमार्ण, सुशासन र भष्ट्राचार निवारण गर्नका लागी पुर्व जनप्रतिनिधी, राजनितिक दलहरु तथा अन्य सरोकारवाला पक्षको समेत राय सुझाबको आवश्यकता भएकाले समिती गठन गरिएको नगर प्रमुख यज्ञ प्रसाद ढकालको हस्ताक्षरित सुचनामा उल्लेख छ ।
सो समितीको सदस्यमा उप प्रमुख सारदा कुमारी बिष्ट, निवर्तमान नगर प्रमुख ओम प्रकाश बिष्ट, उप प्रमुख भुमिशरण ढकाल बजगाई, एमाले नेता कटक बहादुर साउद, नेपाली काँग्रेस नगर शभापती पदम बहादुर भण्डारी, एमाले नगर अध्यक्ष खेमराज जैशी, माओवादी केन्द्रका नगर अध्यक्ष खडक सिंह भण्डारी, राप्रप्रा नगर अध्यक्ष तपेन्द्र प्रसाद ढकाल, जनता समाजवादी पार्टी नगर अध्यक्ष धन बहादुर थापा, एकिकृत समाजवादीका नगर ईन्चार्ज प्रेम बहादुर बिष्ट, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष झंकर बहादुर शाही, नेकपा माले शुदुरपश्चिम प्रदेश सदस्य दिल बहादुर बिष्ट, नेकपा क्रान्तीकारी शुदुरपश्चिम प्रदेश सदस्य शिबराज बजगाई, नेकपा कम्युनिष्ट पार्टी नगर ईन्चार्ज नृप बहादुर बिष्ट, वडा नं. ६ का पुर्व वडा अध्यक्ष राम बहादुर शाही, ५ का पुर्व वडा अध्यक्ष नन्द सिंह चलाउने, अधिवक्ता मातृका भण्डारी, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट, बड्डी अछाम मिडिया प्रालीका पुष्पराज अधिकारी र रेडियो केबिएम प्रतिनिधी मिलन नेपाली रहेका छन् ।




