कालीकोटको शुभकालीका गाउँपालिका(६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएको हो ।
दुर्घटनामा जीप चालक शुभकालीका(२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका(८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले(३ का २५ वर्षीय गोपाल सलामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताउनु भयो ।
घटनाबारे थप जानकारी आउन बाँकी रहेको रिमालले बताउनु भयो ।




