हिक्मत नेपाली
कमलबजार , जेष्ठ २८ ।
कमलबजार नगरपालिकामा स्थानीय बाल अधिकार समितिको बैठक आइतबार सम्पन्न भएको छ ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा समितिका संयोजक शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको बैठकमा
कमलबजार नगरपालिका वडा नं १ का वडा अध्यक्ष भक्त बहादुर बोहरा , वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना, वडा नं ७ का वडा अध्यक्ष नृप बहादुर बोहरा , वडा नं ९ का वडा अध्यक्ष कमल प्रसाद बजगाई , पालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टको उपस्थिति रहेको थियोे । यस्तै पालिकाका विभित्र शाखाका प्रमुख तथा प्रतिनिधि , ईलाका प्रहरी कार्यालयका प्रतिनिधि , आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही , बाल सञ्जालका अध्यक्ष भरत खड्का लगायतको उपस्थिति रहेको थियोे ।
प्रेत्येक २ महिनामा बस्ने बैठक आज नगरपालिकाको सभाहलमा बसि विभिन्न निर्णय गरेको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले बताउनु भयो ।
बैठकमा आस्था नेपालका फिल्ड अधिकृत शाहीले ,कमलबजार नगरपालिकाका ४ वडामा घटना व्यवस्थापनका कार्य र रुपान्तरण कक्षा सञ्चालन भईरहेको जानकारी गराउनु भएको थियोे । हाल सम्म नेपालमा ६/७ मात्रै स्थानीय तह बाल मैत्री घोषणा भएको कमलबजार नगरपालिका लाई ठिलो चाडो बालमैत्री घोषणा गर्ने भएकाले आउदो आर्थिक बर्षमै पालिका केहि वडा लाई स्थानीय बाल मैत्री वडा घोषणा गर्ने गरि काम भईरहेको जानकारी गराईएको थियोे ।
आजको बैठकले विभिन्न हिंसा पिडित ७ जना लाई ५० हजार बराबर नगद सहयोग गर्ने निर्णय गरिएको छ । साथै भोलि वालश्रम दिवसको अवसर पारी कमलबजार नगरपालिकाका १० वटै वडाका ७० जना वालबालिका लाई एक लाख पचास हजार बराबरको पोषाक तथा स्टेसनरी वितरण गरिने निर्णय पनि गरिएको छ ।
बैठकको समापनमा बाल अधिकार समिताका संयोजक तथा नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले विभिन्न समयमा विपन्न वालवालिका लाई सहयोग गरेकाले आस्था नेपाल लाई धन्यवाद ज्ञापन गर्नु भएको थियोे । साथै उहाले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्न वालबालिकाका क्षेत्रमा आउदो वजेटमा विशेष व्यवस्था गरिने बताउनु भयो ।
बैठकको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले गर्नु भएको थियोे ।





