हिक्मत बहादुर नेपाली
धनगढी ,असोज १९
लैंगिक हिंशा प्रभावित मैत्री खोजमुलक तथा उत्तरदायी रिपोटिंग सम्बन्धी ३ दिने तालिम धनगढीमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (यूएनएफपिए) को आयोजनामा भईरहेको तालिममा सुदूरपश्चिमका बिभिन्न ५ जिल्लाका २८ जना पत्रकारको सहभागीता रहेको छ । धनगढीको रुवस होटलमा सञ्चालन भईरहेको तालिममा अछाम बझाङ बाजुरा कैलाली र बैतडी का बिभिन्न सञ्चार माद्याममा कार्यरत पत्रकार लाई लैंगिक बिभेदमा हिंशा उत्तरदायी मिडिया रिपोटिंग कसरी गर्ने भन्ने बिषयमा तालिममा प्रशिक्षण भईरहेको छ ।
तालिममा मुख्य प्रशिक्षको रुपमा लक्ष्मण दत्त पन्त तथा (यूएनएफपिए) बाट कृष्ण भट्ट्टराई , समिर राज घिमिरे लगायतले प्रशिक्षण गराईरहनु भएकाृ छ । तालिम असोज २१ गते सम्म सञ्चालन हुनेछ ।





