दिपायल सेती नदीमा डुबेर दुई बालक बेपत्ता
सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । दिपायलको सेतीमा पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएको उद्योग वाणिज्य सङ्घ डोटीमा महासचिव दीपक खड्काले जानकारी दिनु भएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पिपल्ला बस्ने  ७ वर्षकी  खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन । सुवास प्रजातिका छोरी तर्फका नाति सिद्धार्थ र छोरा तर्फका नातिनी खुसी  बेपत्ता भएका हुन ।  बेपत्ता दुवैको खोजी कार्यका लागी सुरक्षाकर्मी तथा स्थानीयहरू खटिएका छन् ।

Soure: muluknews.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय