रमिता बि क,
कमलबजार,जेठ २४ । किसान सूचीकरणका लागि सहजकर्तालाई १ दिने तालिम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ। कृषि विकास शाखा कमलबजारको आयोजना तथा कमलबजार आर्थिक विकास समिति संयोजक एवं कमलबजार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रजा बहादुर बोगटीको अध्यक्षतामा किसान सूचीकरणका लागि सहजकर्तालाई एक दिने तालिम कमलबजार नगरपालिकामा सम्पन्न भएको हो।
कृषकको व्याक्तिगत प्राेफाईल लगईन गर्ने तरिका, बाली तथा पशुपन्छीका बर्गहरु, किसान सुचीकरण पश्चात वास्तविक कृषकहरुको परिचय स्थापित गर्ने ,नगरपालिकामा हाल भइरहेको कृषि तथा पशुपन्छीको यथार्थ जानकारी हासिल गरी आवश्यक निति तथा कार्यक्रम निर्माण गर्ने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हटाउदै सबै कृषकहरुलाई राज्यले प्रदान गर्ने, सेवा र सेवा प्राप्त गर्ने लाभग्राही सम्बन्धी विवरणहरु एकिकृत अध्यावधिक गर्ने, कृषक बर्गिकरणको लागी आधार तथा आवाश्यक तथ्याङ्कहरु सहितको नगरपालिका स्तरीय तथ्याङ्क तयार गर्नुे, साथै आगामि दिनमा कृषि क्षेत्रका सेवा सुविधाहरु किसान परिचयपत्रको आधारमा वर्गीकरण गर्ने लगातका बिषयमा प्रशिक्षण दिइएको थियोे ।
कृषि शाखा प्रमुख बालिका चाैधरी, कृषि अधिकृत अर्जुन बिष्ट र कृषि प्राबिधिक सुनिल कुँवरले प्रशिक्षण दिनुभएको तालिमको संचालन कृषि प्राबिधिक बिर्ख बिष्टले गर्नुभएको थियो ।




