हिक्मत बहादुर नेपाली
अछाम मंसिर ०४ ।
अछामको कमलबजार नगरपालिकामा अन्र्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरि दिवस मनाईएको छ । बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको लगानी भन्ने नाराका साथमा भएको अन्र्तक्रिया कार्यक्रममा पालिका स्थित विभिन्न सरोकारवालाको सहभागीता रहेको थियो । कमलबजार नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा वाक नेपाल र आस्था नेपालको सहयोगमा भएको कार्यक्रम, कमलबजार नगर स्तरीय बाल सञ्जालका अध्यक्ष डिक्रा बजगाईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवर रहनु भएको थियो । कार्यक्रममा आस्था नेपालका काउन्सिलर गोकुल खड्काले बालबालिका क्षेत्रमा अन्र्तराष्ट्रिय र राष्ट्रिय स्तरमा विद्यमान कानुन र हाल कार्यन्वयनको अवस्था विषयक प्रस्तुतिकरण राख्नु भएको थियो । कार्उक्रममा सहभागी अधिकांशले वालवालिका लाई हरेक क्षेत्रमा सहभागीता गराउनुपर्नेमा जोड दिएका थिए । बालकालिकाका क्षेत्रमा लगानी गरे मात्र समुन्नत समाजको निमार्ण हुने भएकाले यस तर्फ सरोकारवाला सबैले ध्यान दिनुपर्ने सहभागीको भनाई थियो । कार्यक्रममा कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट , कमलबजार नगरपालिका वडा नं ५ का अध्यक्ष तथा पालिकाका प्रवक्ता सत्यराज तिमिल्सैना, सेफ गल परियोजनाका कार्यक्रम अधिकृत दिपा बम लगायत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधी विभिन्न शाखा प्रमुख तथा कर्मचारी ईलाका प्रहरी कार्यालयका कार्यरत विभिन्न तहमा कार्यरत नेपाल प्रहरी, वालसञ्जालका पदाधिकारी तथा पालिका स्थित विभिन्न संघसंस्था तथा सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकामा कार्यरत सामुदायिक मनोपरामशकर्र्ता कल्पना देवकोटाले गर्नुभएको थियो ।






