कमलबजार: अछाम जिल्लाको कमलबजार नगरपालिका–१, मुली खिरीचौकस्थित कालिका आधारभूत विद्यालयमा दुईतले भवनको माथिल्लो तलामा र्‍यालिङ नहुँदा साना बालबालिका तल खस्ने जोखिम रहेको थियो। उक्त समस्यालाई मध्यनजर गर्दै समाजसेवी तर्क बिष्टको पहल तथा सुदूरपश्चिमेली नेपाली समाज इजरायल कार्यसमिति परिवारको सहयोगमा विद्यालयमा आवश्यक र्‍यालिङ जडान गरिएको छ।

विशेषगरी अछाम जिल्ला संयोजक नरेन्द्र सिंह बिष्टको सक्रिय पहलमा विद्यालय भवनको माथिल्लो तलामा र्‍यालिङ जडान गरिनुका साथै विद्यालय कार्यालयका लागि आवश्यक फर्निचर समेत सहयोग गरिएको विद्यालयले जनाएको छ।

यस सहयोगबाट विद्यार्थीहरूको सुरक्षा सुनिश्चित हुनुका साथै विद्यालयको प्रशासनिक कार्यसम्पादनमा समेत सहजता पुगेको विद्यालय परिवारको भनाइ छ। विद्यालय व्यवस्थापन तथा शिक्षक–अभिभावकहरूले सहयोगी संस्था र व्यक्तिहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।विद्यालय परिवारले समाजसेवी तर्क बिष्ट, अछाम जिल्ला संयोजक नरेन्द्र सिंह बिष्ट तथा सुदूरपश्चिमेली नेपाली समाज इजरायल कार्यसमिति परिवारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक विकासका कार्यहरू निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय