हिक्मत बहादुर नेपाली
अछाम असार १२ ।
बहुक्षेत्रीय पोषण परियोजना अन्तर्गत कमलबजार नगरपालिका वडा नं ३ बयालाका ३५ जना कृषक लाई हाते ट्याक्टर, टनेल र कृषि उपज बीउ वितरण गरिएको छ । चौठेमाणु कृषक समुहमा आवद्ध कृषक लाई सो सामाग्री आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । तरकारी उत्पादन गरि पोषणजन्य खानपानमा सुधार होस भन्ने उदेश्यले कृषि यान्त्रिकिकरण सामाग्री तथा कृषि उपज बिउ वितरण गरिएको कमलबजार नगरपालिकामा कार्यरत पोषण सहजकर्ता दुर्गा कुमारी सिजापती बिष्टले बताउनुभयो । पालिकाको बहुक्षेत्रिय पोषण परियोजना अन्तर्गत ५ लाख लागतमा कृषि समुहलाई १ थान हाते ट्याक्टर, समुहमा आवद्ध ३५ जना प्रत्येक कृषक लाई १/१ थान टनेल र विभिन्न विउविजन वितरण गरिएको कृषि विकास शाखामा कार्यरत कृषि प्राविधिक सहायक सुनिल कुँवरले बताउनुभयो । सामाग्री बुझ्ने क्रममा कृषकले वितरण गरिएका सामाग्रीले थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । साथै सिचाइकाे समस्या रहेकाले सिचाइकाे योजनाका लागि पहल गरिदिन समेत अनुरोध गर्नुभयो । वडा अध्यक्ष नन्द सिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियोे ।
सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकाल , नगर उपप्रमुख शारदा बिष्ट कुँवर, प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही, ३ नं वडाका वडा अध्यक्ष नन्द सिंह कुँवर, वडा सचिव विरेन्द्र भण्डारी , वडा नं १ का सचिव नेत्र बहादुर बिष्ट, पोषण सहजकर्ता दुर्गा कुमारी सिजापती बिष्ट रेडियो नेपालका स्थानीय संवाददाता हिक्मत बहादुर नेपाली लगायत स्थानीय नागरिकको उपस्थिति रहेको थियोे ।






