हिक्मत बहादुर नेपाली
अछाम असार १९ ।
क्षयरोग तथा कुष्ठरोग खोजपडताल शिविर बाट ३ सय ६६ जना लाभान्वित भएका छन । आज कमलबजारमा नगरपालिका वडा नं ९ मष्टावण्डाली स्वास्थ चौकीमा १ सय ४५ जना र वडा नं २ स्थित कमलबजार प्राथमिक स्वास्थ केन्द्र बाट २ सय १२ गरि कुल ३ सय ६६ जनाको AI Portable X Ray द्वारा क्षयरोग (Screening) गरिएको कमलबजार नगरपालिकाका जनस्वास्थ निरीक्षक टेक बहादुर बिष्टले बताउनुभयो । कमलबजार नगरपालिका अछाम को आयोजनामा AI Portable X Ray द्वारा क्षयरोग जाँच तथा खोजपड्ताल (Screening) कार्यक्रम अन्तर्गत भएको शिविर बाट आम नागरिक लाभान्वित भएका छन । सो शिविर बाट नागरिकले आफ्नो शरिरमा क्षयरोग तथा कुष्ठरोगको अवस्था के कस्तो छ भन्ने जान्ने मौका पाएका छन । शिविरमा जाँच गर्न आउने सेवाग्राहीको अवस्था हेरेर स्वास्थ्यकर्मीले विभिन्न सुझाव दिएका थिए ।




