कमलबजार, भाद्र ०३ ।
अछाम जेसिजको आयोजना तथा कमलबजार नगरपालिका २ नं वडा कार्यालयको समन्वयमा दलित महिला सशक्तीकरण कार्यक्रम आज बुधबार कमलबजारमा सम्पन्न भएको छ । अछाम जेसिज बर्ष २०२६ का अध्यक्ष झनक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाका नगर उप प्रमुख शारदा कुमारी बिष्ट (कुँवर ) रहनु भएको थियो । कार्यक्रमको बिशिस्ट अतिथि कमलबजार नगरपालिका वडा नं २ का अध्यक्ष दिर्घा टमट्टा रहनु भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख शारदा कुमारी बिष्ट (कुँवर), बिशिस्ट अतिथि वडा अध्यक्ष दिर्घा टमट्टा , कमलबजार नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगाना, ईलाका प्रहरी कार्यालयमा कार्यरत हवलदार शारदा पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियोे । अछाम जेसिज बर्ष २०२६ का सचिव पवित्रा खड्काले जेसिज आस्था पाठ गरे संगै, अछाम जेसिज बर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष हिक्मत बहादुर नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन भएको कार्यक्रमको सञ्चालन अछाम जेसिज बर्ष २०२६ का महासचिव आनन्द साउदले गर्नु भएको थियो ।
विभिन्न संघ संस्थाका प्रतिनिधि, अछाम जेसिजका वर्तमान कार्यसमिति र निवर्तमान कार्य समितिका पदाधिकारी, कमलबजार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र दलित महिला र आम नागरिकको सहभागीताका भएको कार्यक्रममा अछाम जेसिज बर्ष २०२६ का अध्यक्ष समेत रहेका प्रशिक्षक झनक अधिकारीले प्रशिक्षण गर्नु भएको थियोे ।
कार्यक्रममा उठान भएका बिषय बस्तु र सहभागीको प्रतिबद्धता
दलित महिला हाम्रो समाजको महत्वपूर्ण हिस्सा हुनुहुन्छ। तर सामाजिक विभेद, आर्थिक विपन्नता, अवसरको कमी र विभिन्न प्रकारका असमानताका कारण उहाँहरूले अझै पनि अनेकौँ चुनौती सामना गर्नुपरेको अवस्था छ। त्यसैले दलित महिलालाई अधिकार, अवसर, शिक्षा, सीप, आत्मनिर्भरता र नेतृत्वको क्षेत्रमा अगाडि बढाउनु आजको महत्वपूर्ण आवश्यकता हो।
सशक्तीकरण भनेको केवल सहयोग प्राप्त गर्नु मात्र होइन; आफ्नो अधिकारबारे सचेत हुनु, आफ्नो निर्णय आफैँ लिन सक्नु, आर्थिक रूपमा आत्मनिर्भर बन्नु र समाजको नेतृत्व गर्न सक्नु हो। जब एक महिला सशक्त हुन्छिन्, त्यसको सकारात्मक प्रभाव परिवार हुँदै सम्पूर्ण समाजमा पुग् कार्यक्रमले दलित महिलाका आवाजलाई अझ बलियो बनाउँदै उहाँहरूको क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वासका साथ गरिएको कार्यक्रममा विभेदरहित, समान र समतामूलक समाज निर्माणका लागि हातेमालो गरौँ भन्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न भएको हो ।





