अछामको कमलबजारमा संचालित बिभिन्न वित्तिय संस्थाहरुमा तालावन्दी गरिनुका साथै साईनबोर्ड च्यातिएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पुर्बी अछामले बिहिबार तालावन्दी गरिनुका साथै साईनबोर्ड च्यातेको हो ।

कमलबजारमा रहेका किसान लघुवित्त वित्तिय संस्था, मिर्मिरे लघुवित्त वित्तिय संस्था, डिप्रोस लघुवित्त वित्तिय संस्था र किसान बहुउद्येशीय सहकारी संस्थाका साईन बोर्ड च्यातिएका हुन् ।

किसान लघुवित्त वित्तिय संस्थाम भने तालावन्दी नै गरिएको उक्त पार्टीका कमलबजार नगर ईन्चार्ज निर्मल सी ले जानकारी दिएका छन् ।
पार्टीका नगर ईन्चार्ज निर्मल सि ले भने, “चर्को ब्याजदर असुली, जनताका घरमा ताला लगाउन वाध्य पार्ने, गाई बस्तु र भाँडाकुडा उठाउने, ब्यक्तिलाई बिभिन्न खाले यातना दिने जस्ता गैर जिम्मेवार कार्य गरिएको पाईएकाले हाम्रो पार्टी सो काम गर्न वाध्य भयो ।”

फाईनान्सका नाममा थापेका पसलहरुमाथि तालाबन्दिका साथै साईन बोर्ड जलाउने जनप्रिय काम जनताको साथ सहयोग र समर्थनमा गरिएको पनि उनले दावी गरेका छन् ।
चर्को ब्याजदरका कारण ऋिणीहरुलाई आत्मदाह गर्न वाध्य बनाएको भन्दै चेतावनी स्वरुप यो काम गरिएको उनले प्रतिक्रिया दिएका छन् ।

 

यो पनि पढ्नुहोस्
किसान लघुवित्त वित्तिय संस्थाका शाखा प्रबन्धक जनक उपाध्यायले आफुलाई कुनै जानकारी बिना नै कार्यालयको सटर डाउन गरेको र साईन बोर्ड च्यातेको बताएका छन् । आफु एउटा शाखामा काम गरिरहेको सुनाउँदै उनले हेड अफिसमा जानकारी गराउने बताएका छन् ।
नेकपाका नेता–कार्यकर्ताले भने जस्तो आफुहरुले कसैलाई पनि आत्मदाह गर्न वाध्य पार्ने, कसैका गाई बस्तु र भाँडाकुडा उठाउने, ब्यक्तिलाई बिभिन्न खाले यातना दिने कार्य नगरेको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय