कमलबजार कार्तिक १५ ।
नेपाल मजदुर किसान पार्टी कमलबजार नगरपालिका वडा नं ६ वडा समितीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा समितीका अध्यक्ष बिनोद शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख जिल्ला समिती अध्यक्ष झंकर बहादुर शाही रहनु भएको थियो । प्रमुख अतिथीको आसन बाट बोल्दै शाहीले शासकहरु ठग, दलाल, पुजिपतिहरुको प्रतिनिधी भएकाले किसान र मजदूर वर्गको पक्षमा काम शासक बाट हुन नसक्ने हुदाँ व्यवस्थापन परिर्वन गर्न हरेक किसान युवाहरुमा वर्गीय राजनितिक रुपमा सचेत र संगठित हुनुपर्ने बिचार राख्दै चाडपर्वहरु हाम्रो भाईचारको सम्बन्ध कायम राख्ने माद्याम भएको वारे चर्चा गर्दै घाँटी हेरेर हाड निल्नुपर्ने बिचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका जिल्ला समिती सदस्य राजेन्द्र बहादुर शाही, नेपाल क्रान्तिकारी बिद्यार्थी संघका जिल्ला सचिब हस्तना शाही , नेपाल क्रान्तीकारी महिला संघका अध्यक्ष अम्बकला शाही त्यसैगरी नेपाल क्रान्तिकारी युवा संघका अध्यक्ष सुवास शाही लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल मजदुर किसान पार्टी कनपा वडा नं ६ वडा सदस्य सुन्तला शाहीले स्वागत मन्तव्य बाट सूरु भएको कार्यक्रमको सञ्चालन पार्टीको पुर्व वडा सचिब जयन्द्र बहादुर शाहीले गर्नु भएको थियो ।




