
टि.बि.भण्डारी
फाल्गुन १३ कमलबजार
कमलबजार नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा यहि मिती २०७७ फाल्गुन १३ गते निःशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर सम्पन भएको छ ।
सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको स्वास्थ्य कार्यालयको आयोजना सञ्चालन हुने सो शिबिरमा अनुभवी दन्त चिकित्सक बाट मुख,गिजा तथा दाँत सम्बन्धि समस्याहरु भएका महिला ७५ र पुरुष २९ गरि जम्मा १०४ जनाले सेवा पाएका छन ।