
मंगलसेन,मंसिर १६ ।
नेकपा एमालेको शनिबार मंगलसेनमा हुने बिशालजनसभा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम अन्र्तगत अछाम जिल्लामा हुने सबै कार्यक्रमको सबै तयारी अन्तिम चरणमा पुगीसकेको पार्टीले जनाएको छ । शनिबार दिउसो २ बजे मंलसेनमा हुने कार्यक्रमको मंगलसेनमा मंच व्यवस्थापन देखि अन्य स्वागत गेट निर्माण, बजार सरसफाई, झण्डा लगाउने र प्रचार प्रसारको काम सकिएको एमाले जिल्ला कमीटी सदस्य एवं प्रचार प्रसार उपसमितिका संयोजक नरेश कुमार शाहीले जानकारी दिनुभएको छ । डोटी हुदै अछाम आउने कार्यक्रम रहेकोले अछाम र डोटीको सिमाना चैरपाटी गाउँपालिकाको चैखुट्टे बजारमा स्वागतद्धार निर्माण गरिएको छ भने एमाले अधयक्ष ओली सहितका नेताहरुलाई स्वागत गर्नका लागि सबै तयारी पुरा भईसकेको छ भने साफेबगरमा भेटघाट सहित वैद्यनाथ द्याम लगायतको क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको सो क्षेत्रमा पनि स्वागतका लागि सबै तयारी पुरा भएको समिति संयोजक शाहीले बताउनुभयो । नेकपा एमालेका केन्द्रिय अध्यक्ष सहितको टोली जिल्लामा आउने भएपछि जिल्ला बाहिर रहेका एमालेका नेताहरु जिल्ला केन्द्रित भएका छन भने गाउँमा रहेका नेताहरु पनि मंगलसेन र साफेमा केन्द्रित भईसकेका छन । जिल्लाका साफेबगर नगरपालिका, मंगलसेन नगरपालिका, चौरपाटी गाउँपालिका, कमलबजार नगरपालिका र पंचदेवल विनायक नगरपालिकामा स्वागत गेट सहित ठाउ ठाउमा पार्टीका झण्डाहरुले सिंगारिएको छ । एमालेका नेताहरु गाउँबाट आएपछि साफेबगर र मंगलसेनमा एमालेका कार्यकर्ताहरुको चहल पहल पनि निकै बढेको छ । जिल्लामा २ सय भन्दा बढि नेताहरु आउने कार्यक्रम रहेको हुदा सोही ढंगले खान बस्नकोे व्यवस्था गरिएको खाद्य तथा व्यवस्था उपसमितिका संयोजक लिलाराज केसीले जानकारी दिनुभएको छ । मंगलसेनमा रहेका सबै होटलहरुमा अतिथिहरुको बस्ने व्यवस्था मिलाईएको छ भने अपुग भएमा जनताहरुको घरमा पनि नेताहरुलाई पठाउने कार्यक्रम तय भएको संयोजक केसीले बताउनुभयो