काठमाडौं, १८ पुस । गीतकार तथा गायक प्रकाश सपूतले खोले रूवाबासी सेन्टर खोलेका छन्। सोमबार आफ्नै युटुयूब च्यानलमार्फत रिलिज गरेको नयाँ गीत ‘मुटु कटक्कै’मा उनले मायामा धोका पाउने केटाहरूका लागि रूवाबासी सेन्टर खोलेका हुन्।

भिडिओमा देखिाइएको रूवाबासी सेन्टरको दृश्यको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। उनले केही फरक शैलीमा आफ्नो नयाँ गीतको भिडिओ निर्माण गर्दै रूवाबासी सेन्टरको दृश्य पनि समेटका छन्।

सपूतले आफ्ना हरेक गीतमा केही न केही नयाँ कुरा राखेकै हुन्छन्। गीतमा चोखो माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति नहुने भाव व्यक्त गरिएको छ। उनी भिडिओमा दोहोरो भूमिकामा देखिएका छन्। एक व्यापारी र अर्को गायक।

रूवाबासी सेन्टरमा मायाप्रेममा धोका खाएर केटाहरू आएर नाचिरहेको दृश्यलाई भिडिओमा समावेश गरिएको छ। उनले भिडिओको अन्य केटीहरूका लागि पनि रूवाबासी सेन्टर खोल्ने बाचा गरेका छन्। गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्।

गीतको भिडिओमा प्रकाश सपूत र कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओलाई प्रकाश स्वयंले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय