
स्वच्छ गाँउ स्वच्छ शहर अछामको संस्कृती जोगाउने हामो रहर भन्ने मुल नाराका साथ प्रथम कमलबजार सांस्कुतिक महोत्सव २०७७ को उद्घधाटन कार्यक्रम आज कमलबजारमा उद्घधाटन गर्दै प्रमुख अतिथी को रुपमा प्रदेश संभासद अम्बी थापाले अछामका स्थानिय संस्कृती र सभ्यता जोगउन आफनो तह बाट सहयोग समर्थन रहने सम्रग क्षेत्र र अछामको बिकासका लागी सदा सहयोग गरिरहने प्रतिबद्घता ब्यक्त गदै प्रथम कमलबजार सांस्कुतिक महोत्सव २०७७ को सफलताको कामना ब्यक्त गर्नु भयो ।
चेतना युवा क्लबका अध्यक्ष नृप साउदको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश बिष्ट ले कमलबजारको स्थापना देखि सम्रग क्षेत्रको बिकास मा कमलबजार नगरपालिका तथा ब्यक्तिगत रुपमा लागीरहने बताउनु भयो
कार्यक्रमका बिशिष्ट अतिथी कमलबजार नगरपालिकाका उपप्रमुख भुमिशरण ढकाल बजगाई ले स्थानिय बाजा गाजा तथा भुवा ,हुडके लगायत संस्कृतीको जर्गेना गर्न नगरपालिका लागी रहेको र महोत्सवको आयोजनाले अछामको संस्कृती जोगाउन कोशे ढुङ्गा सावित हुने बताउनु भयो ।
सुरेन्द्र साउदको सञ्चालन रहेको कार्यक्रमा अन्य अतिथीहरुमा भुमि आयोगका अध्यक्ष कटक साँउद, नेकपा जिल्ला सचिवालय सदस्य बल ब. कुवर ,नेपाली कागे्रस नेता यज्ञ ढकाल र नेता दलित नेता कमल बि.क .रहनु भएको थियो ।
फाल्गुन २३ देखि २९ सम्म सञ्चालन हुने महोत्सवमा हिजो स्थानिय चर्चित देउडा गायक राजाराम भाट लगायत स्थानिय कलाकार हरुको प्रस्तृती रहेको थियो ।