
रमिता बि क ,
कमलबजार ,कमलबजार नगरपालिका ५ कुईकाका तिनवटा विद्यालयमा शिक्षक आवश्यक्ता सम्बन्धि बिज्ञापन गरिएको छ ।
कमलबजार नगरपालिका वडा नम्बर ५ को पुष १८ गते बसेको विद्यालय व्यावस्थापन समितिको निर्णय र कमलबजार नगरकार्यपालिकाको कार्यालय कमलबजारको चलानी नम्बर ७८७ को मिति २०८० पुष १७ गतेको पाप्त पत्रानुसार महाकाली माध्यामिक विद्यालयमा रिक्त रहेको माध्यामिक तह संघीय शिक्षण सिकाइ अनुदान कोटा अङग्रेजी बिषयमा शिक्षक आवश्यक्ता भएको हो ।
यस्तै सोहि नगरपालिका ५ को देवलक्ष्मी आधारभुत विद्यालयमा यहि पुष १८ गते बसेको विद्यालय व्यावस्थापन समितिको निर्णय र कमलबजार नगरकार्यपालिकाको कार्यालय कमलबजारको चलानी नम्बर ८०५ मिति २०८० पुष १७ गतेको पाप्त पत्रानुसार विद्यालयमा नगर अनुदान शिक्षक कोटामा शिक्षक आवश्यक्ता भएको छ ।
र सोहि वडा कै मंगलासैनी आधारभुत विद्यालयमा पुष १९ गते बसेको विद्यालय व्यावस्थापन समितिको निर्णय र कमलबजार नगरकार्यपालिकाको कार्यालय कमलबजारको चलानी नम्बर ८०८ को मिति २०८० पुष १८ गतेको प्राप्त पत्रानुसार मंगलासैनी आधारभुत विद्यालयमा नगर अनुदान कोटामा शिक्षक आवश्यक भएको हो । तिनैवटा विद्यालयमा योग्यता पुगेको व्याक्तिहरुले माघ ५ गते सम्म दरखास्त दिनहुन अनुरोध गरिएको छ ।
थप जानकारीका लागि : महाकाली माध्यामिक विद्यालय: प्रधानाध्यापक मोहन बहादुर खत्री सम्पर्क नम्बर ९८४८५७४७४५ लेखमपाल रमेश बहादुर बिष्ट ९८६८७१०४०६
देवलक्ष्मी आधारभुत विद्यालय : प्रधानाध्यापक मोतिराम देवकोटा : ९७६९०१०४८०
मंगलासैनी आधारभुत विद्यालय : प्रधानाध्यापक जवा न्यौपाने तिमिल्सैना : ९८४८८१५६७७ मा सम्पर्क गर्न सकिने छ ।