
अछाम, पुस २३ ।
अछामको बान्नीगढी जयगढ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ। आज जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले कार्यक्रमको प्रतियोगीताको उद्घाटन गर्नु भयो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अथिती कुँवरले लगनशीलता भएर खेलमा अवश्य सफलता प्राप्ति हुने बताउनु भयो । खेल क्षेत्रमा गाउँपालिकाले राम्रो प्रगति गरिरहेको खेललाई कसरी आर्थिक सँग जोड्न सकिन्छ भनेर गाउँपालिकाले सोच्नुपर्ने बताउनु भयो । यश रनिङ शिल्ड प्रतियोगिताबाट खेलाडीहरुले आफ्नो कुशल क्षमता प्रदर्शन गर्न आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रम बोल्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले खेलको माध्यमबाट राष्ट्रको नाम चिनाउने बिश्वास रहेको बताउनु भयो । बिगतमा भलिबल किर्केट,ब्याटम्याटल आयोजना गरेको बताउदै अध्यक्ष साउदले खेलाडीहरुले समेत उत्कृष्ट प्रदर्शन गरिरहेको बताउनु भयो ।
सबैको सुझाव सल्लाह अनुसार नै गाउँपालिकाले बजेट बिनियोजन गरेको आगामी दिनमा समेत गाउँपालिकाले खेल र खेलकुदका क्षेत्रमा काम गरिरहने बताउनु भयो । एक गाउँपालिका एक खेल मैदान , एक नमुना बिधालय अन्तर्गत सरस्वती माध्यमिक बिधालयलाई लाई नमुना बनाउने लागिपरेको र खेल मैदानका लागि जग्गा प्राप्ति भए आगामी २ बर्ष भित्र खेल मैदान तयार पार्ने अध्यक्ष साउदले उद्घोष गरे। खेलाडीहरुलाई प्रोत्साहित गर्न गाउँपालिकाले सहयोग गरिरहेको अध्यक्ष साउदले बताउनु भयो ।
कार्यक्रम बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले अनुशासित भएर खेलाडीले खेल खेल्नुपर्ने बताईन। बान्नीगढी जयगढ गाउँपालिकाबाट राष्ट्रिय स्तरमा खेलाडीहरुले खेल खेलिसकेको बताउदै उपाध्यक्ष रावलले यस शिल्ड प्रतियोगिताताले पनि जिल्ला क्षेत्र र राष्ट्रिय स्तरमा खेलाडीले खेल खेल्न बिश्वास ब्यक्त गर्नु भयो ।
पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका ६ वटा माध्यमिक बिधालयको सहभागीता रहेको छ।