जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर साउदको अध्यक्षतामा सुरु भएको प्रतियोगिता उद्घाटन सत्रका प्रमुख अतिथि अछाम क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शाहले आफू युवा अवस्था खेलाडी समेत रहेको स्मरण गर्दै खेलकुदको विकासका लागि आफु लागि पर्ने बताउनुभयो । अछाममा सञ्चालित गौरवका आयोजना मङ्गलसेन दरबार, जंगलघाटमा निर्माण हुने पक्किपुल, वेतान कर्णाली हाइड्रोपावर तत्काल निर्माण गराउन सबैले हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।Source: https://onlineradionepal.gov.np/2024/01/20/458528.html

प्रतियोगिताको उद्घाटनमा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र दशवटै स्थानीय तहका प्रमुखसहित जिल्लाका अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय