काठमाडौं । गुगलले गत वर्षको मोबाइल वर्ल्ड कङ्ग्रेस ९एमडब्लूसी०मा घोषणा गरेको ई(सिम सार्न मिल्ने फिचर सुरु भएको पाइएको छ । एन्ड्रोइड पुलिसका अनुसार केही प्रयोगकर्ताले एउटा एन्ड्रोइड फोनबाट अन्य एन्ड्रोइड फोनमा आफ्नो ई(सिम सार्न मिलेको प्रतिक्रिया दिएका छन् ।
ग्यालेक्सी एस २४ अल्ट्रा चलाउने आफ्ना एक पाठकलाई क्यूआर कोड स्क्यान गरेर एलजी भी६० थिनक्यूबाट ई-सिम सार्ने विकल्प आएको एन्ड्रोइड पुलिसले उल्लेख गरेको छ । एन्ड्रोइड पुलिसकै पत्रकारले पनि ग्यालेक्सी एस२४ अल्ट्राबाट पिक्सेल ८ प्रोमा ई(सिम सार्न मिल्ने पप(अप सूचना आएको उल्लेख गरेका छन् ।
विगतमा सामसङले वन यूआई ५.१ सार्वजनिक गरेसँगै ग्यालेक्सी डिभाइसहरूमा ई(सिम सार्न सकिने सुविधा उपलब्ध भएको थियो । अब भने ग्यालेक्सी बाहेकका अन्य डिभाइसहरूमा पनि ई-सिम सार्न सकिने भएको छ । यसबारे फ्रागमेन्टेड चिकेन नाम गरेका एक प्रयोगकर्ताले रेडिटमा पोस्ट राख्दै वन यूआई ६।१ को अपडेटपछि ग्यालेक्सी बाहेकका अन्य डिभाइसमा पनि ई(सिम सार्न सकिने भएको उल्लेख गरेका छन् ।
यसको अर्थ एन्ड्रोइडमा ई(सिम सार्न मिल्ने गुगलको टुललाई सहयोग हुनेगरी सामसङ पनि अघि बढेको छ । एन्ड्रोइडमा यस प्रकारको टुल ल्याउने गुगलले घोषणा गरेपनि मिति भने सार्वजनिक गरेको छैन ।
-सिम के हो ?
सामान्य रुपमा बुझ्दा हामीले प्रयोग गरिरहेको भौतिक सिमको डिजिटल रुपलाई ई-सिम भनिन्छ । यो तपाईंको फोनमा इम्बेड गरिएको हुन्छ र तपाईंलाई कुनै सिम स्लटको आवश्यकता हुँदैन ।
यसलाई प्रयोग गर्न तपाईंले सिमकार्ड लिन जान अथवा मोबाइलमा राख्न पर्दैन । यो मोबाइलमा प्रयोग गरिएको एउटा सानो चिपमा आधारित, जसले प्रयोगकर्ताको आईडीको आधारमा फोनलाई सम्बन्धित मोबाइल नेटवर्कसँग जोड्छ ।
स चिप पहिले नै फोनमा इन्स्टल गरिएको हुन्छ, जसलाई प्रयोगकर्ताले फोन खरिद गरेपछि एक्टिभेट गर्नुपर्छ ।




