
विप्लव नेतृत्वको युवा संगठन अछामको तेस्रो जिल्ला सम्मेलन मंगलसेन नगरपालीका १४ कालागाँउमा शुक्रवार सम्पन्न भएको छ । युवा संगठन अछामका कार्यावाहक अध्यक्ष तपेन्द्र साँउद शुशीलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला ईन्चार्ज तपेन्द्र तिमील्सैना तर्कराज प्रमुख अतीथी रहनुभएको थियो भने युवा संगठन नेपालका केन्द्रीय कार्यालय सदस्य सर्जन धामी चट्टान विशिष्ट अतप्थी रहनुभएको थीयो । “बढ्दो सामाजीक असुरक्षा तथा विकृती, विसंगती, भ्रष्टाचार, वैदेशीक हस्तक्षेपका विरुद्ध युवा आन्दोलन सिर्जना गर्ने” भन्ने मुल नाराका साथ एकीकृत जनक्रान्ती मार्फत वैज्ञानीक समाजवादको पक्षमा तेस्रो जिल्ला सम्मेलन समपन्न भएको हो । आयोजक कमिटी सदस्य जोगेन्द्र वुढाको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन युवा संगठन नेपालका सदस्य कुमार खत्रीले गर्नुभएको थीयो । कार्यक्रममा पार्टी जिल्ला सेक्रेटरी निरक शाही, अन्य अतीथीहरुमा कार्यालय सचिव लाकेन्द्र शाही, मंगलसेन नगरपालीका इन्चार्ज तपेन्द्र शाही सुमन लागयत पार्टीका जिल्ला भरीका नेता कार्यकताहरुको सहभागीता रहेको त्यहाँवाट जनक शाहीले जानकारी दिनुभयो । साथै आजको सम्मेलनबाट युवा संगठन अछामका कार्यावाहक अध्यक्ष तपेन्द्र साँउद शुशीलको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमीटी समेत गठन गरीएको छ । जस्को उपाध्यक्षमा जेगेन्द्र वुढा, सचिव कुमार क्षेत्री, सह–सचिव सुरेश साउद, कोषाध्यक्ष लोकेश कुमार वयक लगायत १५ सदस्यीय समिती गठन गरीएको हो ।