काठमाडौ । इतिहासकै विवादित अवस्थामा रहेको अखिल नेपाल फुटबल संघ एन्फाको चार महिनामा चौथो पटक भएको साधारण सभा वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारीले वहिष्कार गरेका छन् ।
शंखमुलको एक होटेलमा सुरु भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरको थिए । तर, वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्य गरी १० जनाले वहिष्कार गरेका हुन् । एन्फाको केन्द्रीय कार्यासमितिमा निर्णय नभएका कुराहरु पनि साधारणसभाको एजेण्डा बनाइएको भन्दै वहिष्कार गरेको खड्काले बताए ।
साधारणसभा वहिष्कार गर्नेहरुमा वरिष्ठ उपाध्यक्ष खड्कासहित सहित उपाध्यक्ष विराट जंग शाही, दीर्घ बहादुर केसी (कुमार), सदस्यहरु अनिल मल्ल, रविन्द्र चन्द्र, मनिष जोशी, रुपेश अधिकारी, भोजराज शाही, रमेश व्यन्जनकार छन् । देश बाहिर रहेकी सदस्य पेमा लामाले पनि साधारणसभामा आफ्नो सहमति नरहेको बताएको बुझिएको छ ।
उता, एन्फाका पूर्व अध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो साधारणसभाको कुनै पनि औचित्य नभएको बताए । पदाधिकारीले नै वहिकार गरेको र बी डिभिजन क्लबहरुको सहभागिता नभएको साधारणसभा फुटबल भन्दा पनि कागज मिलाउनका लागि मात्रै सिमित रहेको टिप्पणी गर्दै हलबाट बाहिरिएका थिए ।




