हिक्मत बहादुर नेपाली
अछाम,चैत्र १० ।
नेपाल निजामती कर्मचारी संगठनको पालिका स्तरिय अधिवेशन कमलबजारमा सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष बिष्णु प्रसाद जैसीको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवर रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथीको रुपमा नेकपा एमाले अछाम जिल्ला कमिटी उपाध्यक्ष बल बहादुर कुँवर, नेपाल निजामती कर्मचारी संगठनको पुर्व केन्द्रिय सदस्य नरेन्द्र शाह, कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , रहनु भएको थियो । अतिथीमा कमलबजार नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष भक्त बहादुर बोहोरा, ५ का अध्यक्ष सत्यराज तिमिल्सैना, ६ का अध्यक्ष लाल बहादुर शाह, ७ का अध्यक्ष नृप बहादुर बोहरा, ८ का अध्यक्ष प्रजा बहादुर बोगटी, ९ का वडा अध्यक्ष कमल प्रसाद बजगाई , नेकपा एमाले कमलबजार नगर कमिटीका अध्यक्ष खेमराज जैसी , नेपाल बुद्धिजिवी परिषद अछाम जिल्ला कमिटी सदस्य कम्मान सिंह चलाउने, कमलबजार नगर कमिटी अध्यक्ष लोकेन्द्र कुमार चलाउने लगायत रहनु भएको थियो ।
अधिवेशन बाट हेमन्त शाहीको अध्यक्षतामा १५ सदस्यीय संगठनको पालिका स्तरीय कमिटी गठन गरिएको छ । उपाध्यक्षमा नरेन्द्र खड्का , डम्बरा कुमारी साँउद चयन हुनु भएको छ । कोषाध्यक्षमा निशा भण्डारी , सचिवमा जनकराज उपाध्याय , सहसचिवमा शिरीश खड्का, सदस्यमा नम बहादुर शाही, कल्पना देपकोटा, रुप बहादुर विक, सुमन धमाला, अमरेन्द्र पण्डित, पण्डित, राम बहादुर बिष्ट, राधा परियार दास, टिकाराम देवकोटा र तिलक बहादुर साँउद सर्वसम्मत चयन भएका छन । नेपाल निजामती कर्मचारी संगठन अछामका कोषाध्यक्ष हिक्मत बहादुर नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिब झनक अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय