
कमलबजार, बैशाख ३१ ।
नेकपा एमाले कमलबजार नगर कमिटीको २६ औं बैंठक विभिन्न निर्णय गदैं कमलबजारमा आज सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष खेमराज जैसीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा नेकपा एमाले केन्द्रिय कमिटीका सदस्य तथा निवर्तमान प्रतिनिधी सभाका सदस्य यज्ञ बहादुर बोगटी,प्रदेश कमिटी सदस्य कटक बहादुर साँउद, अछाम जिल्ला कमिटी उपाध्यक्ष बल बहादुर कुँवर, जिल्ला कमिटी सदस्य नन्दराज चलाउने, नरेश कुमार शाही, दुर्गा प्रसाद बजगाँई , गोविन्द प्रसाद ढकाल लगायतको विशेष उपस्थिती रहेको थियो । बैठकको सञ्चालन लोकेन्द्र चलाउनेले गर्नुभएको थियो ।