
रमिता बि क,
कमलबजार, असार २: न्याय निरूपणका लागि मेलमिलाप कर्ताहरूलाई ४ दिने मेलमिलाप सम्बन्धी पुर्नताजकीय तालिम कमलबजार नगरपालिकामा सुरु भएको छ । कमल बजार नगरपालिका तथा न्यायक समिति सचिवालय कमलबजारको आयोजनामा न्याय निरूपणका लागि मेलमिलापकर्ताहरूलाई चार दिने मेलमिलाप सम्बन्धी पुुर्नताजकीय तालिम कमलबजार नगरपालिकामा सम्पन्न भएको हो। असार २ गतेबाट सुरु भएको तालिम ५ गतेसम्म सञ्चालन हुने भएको छ।
नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख यज्ञ प्रसाद ढकाल रहनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक शारदा कुमारी बिष्टले स्थानीय विवाद निरूपणका लागि वडा तथा नगरस्तरमा छिट्टै मेलमिलाप पक्षको स्थापना हुने बताउनुभएको छ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकाले कमलबजार नगरपालिकाको कानुन तथा मानव अधिकार सुनिश्चितका लागि आजदेखि चार दिने पूर्णताजकीय तालिम सुरु गरेको बताउनुभएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर बिष्ट को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन उजुरी प्रशासक राम बहादुर बिष्टले गर्नुभएको थियो।